Sunday, May 31, 2026
Homeखेलकुदसुष्मालाई आर्थिक सहयोग

सुष्मालाई आर्थिक सहयोग

काठमाडौं  : युवा बक्सर सुष्मा तामाङलाई पूर्वबक्सिङ खेलाडी सुदर्शन बुढाथोकीले आर्थिक सहयोग उपलब्ध गराएका छन्। हाल अमेरिकामा बस्दै आएका बुढाथोकीले सुष्मालाई २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्।

सुष्मालाई शुक्रबार राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले सो रकम प्रदान गरेका थिए।

सुष्माले गत वैशाखमा पोल्यान्डमा भएको आईबा वल्र्ड युथ बक्सिङ च्याम्पियनसिपमा सहभागी भएकी थिइन्। महिला ४८ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी उनले पहिलो खेलमा लिथुवानियाकी खेलाडीलाई पराजित गरेकी थिइन्। उनी दोस्रो खेलमा आयोजक पोल्यान्डकी खेलाडीसँग पराजित भएकी थिइन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका