काठमाडौं । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदै छन्। आइतबार उनीसहित नेपाली टोली स्वदेश फर्किन लागेको हो।
विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्दै कास्यपदक जित्ने चन्द्रबहादुर नेपालको बक्सिङ इतिहासमा पहिलो खेलाडी बनेका छन्। सेमिफाइनल खेलमा उनी काजकस्तानका बक्सर विवोसिनोसँग ५–० को स्कोरमा पराजित भएका थिए, जसका कारण उनी चौथो स्थानमा सीमित भए।
यस उपलब्धिसँगै चन्द्रबहादुरले ७५ हजार अमेरिकी डलर पुरस्कार रकम हात पारेका छन्। नेपालको खेलकुद इतिहासमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको एकल स्पर्धाबाट यति ठूलो पुरस्कार रकम जित्ने उनी पहिलो खेलाडी हुन्।


