काठमाडौँ — कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी तथा भारतको तमिलनाडु आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ, भने देशका बाँकी स्थानमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस बीच रहने महाशाखाको पूर्वानुमान छ।


