Saturday, November 7, 2026
Homeसामाचारमौसमी प्रणालीको आंशिक प्रभाव: अधिकांश ठाउँमा सफा, काठमाडौँमा न्यूनतम तापक्रम ६ डिग्री

मौसमी प्रणालीको आंशिक प्रभाव: अधिकांश ठाउँमा सफा, काठमाडौँमा न्यूनतम तापक्रम ६ डिग्री

काठमाडौँ — कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी तथा भारतको तमिलनाडु आसपास विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ, भने देशका बाँकी स्थानमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस बीच रहने महाशाखाको पूर्वानुमान छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका