काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भन्ने जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश क्षेत्रमा मौसम सफा छ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। अन्य प्रदेशहरूमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।


