Saturday, November 7, 2026
Homeसामाचारदेशभर मौसम सामान्य, अधिकांश क्षेत्रमा आकाश सफा

देशभर मौसम सामान्य, अधिकांश क्षेत्रमा आकाश सफा

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भन्ने जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश क्षेत्रमा मौसम सफा छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। अन्य प्रदेशहरूमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका