काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय समावेशी आयोगमा करारमा नियुक्त कर्मचारीहरूलाई पदबाट हटाउन रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ।
सरकारले सार्वजनिक निकायका पदाधिकारीहरूलाई करारमा स्वकीय सचिव दिने व्यवस्था हटाएपछि समावेशी आयोगका कर्मचारी हटाइएको थियो।
यस विरोधमा परेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले पुस मसान्तसम्म पदावधि रहेका करार कर्मचारीलाई पदबाट हटाउन नपाउने अन्तरिम आदेश जारी गरेको हो।


