Tuesday, April 21, 2026
Homeकोरोना बिशेष३ हजार ९९४ जना कोरोनामुक्त, २ हजार ४०७ संक्रमित थपिए,४६ को मृत्यु

३ हजार ९९४ जना कोरोनामुक्त, २ हजार ४०७ संक्रमित थपिए,४६ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार ४०६ नमूनामध्ये २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ९९४ कोरोनामुक्त भएका छन् भने ४६ जनाको ज्यान गएको छ। काठमाडौं उपत्यकामा भने ६५३ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ४८३, भक्तपुर ५८ र ललितपुरमा ११२ जना संक्रमित थपिएका छन्।

कुल संक्रमितमध्ये ४४ जिल्लामा ५ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले  जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका