चितवन । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गमा यातायात सेवा पुनः सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना–३ चुमखोलामा आइतबार राति करिब ९ बजे पहिरो खसेपछि सडक दुबै तर्फबाट आवागमन अवरुद्ध भएको थियो ।
सडक विभागको मेसिनरी प्रयोग गरी पहिरो पन्छाएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।


