Saturday, November 7, 2026
Homeसामाचारसुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी यातायात पुनः सञ्चालन

सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी यातायात पुनः सञ्चालन

चितवन । सुक्खा पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गमा यातायात सेवा पुनः सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना–३ चुमखोलामा आइतबार राति करिब ९ बजे पहिरो खसेपछि सडक दुबै तर्फबाट आवागमन अवरुद्ध भएको थियो ।

सडक विभागको मेसिनरी प्रयोग गरी पहिरो पन्छाएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका