Saturday, June 6, 2026
Homeखेलकुदनेपालले युएइलाई दियो २३४ रनको लक्ष्य

नेपालले युएइलाई दियो २३४ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत युएईविरुद्ध आज भइरहेको खेलमा नेपालले युएईलाई २३५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनायो।

नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार गरे। उनले १३० बलमा ५ चौका र २ छक्का सहित शतकीय पारी खेले। आसिफ शेखले ३५, आरिफ शेखले २७, दिपेन्द्र सिंह ऐरीले २३ र करण केसीले १३ रनको योगदान दिए।

युएईका लागि जाहिद अली सर्वाधिक सफल बलर बने, उनले ४ विकेट लिए। जुनैद सिद्दिकले ३ विकेट हात पारे भने मुहम्मद रोहिद र हैदर अलीले समान १–१ विकेट लिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका