काठमाडौं । भूपेन्द्र गुरुङ आगामी अक्टोबर २६ मा अमेरिकाको बोस्टनमा हुने विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
वल्र्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा हुने सो प्रतियोगितामा भूपेन्द्रले तीन विधा—छाङ छ्वान, ताइची र म्युजिकल फम्समा नेपालको प्रतिनिधित्व गर्ने छन्।
अमेरिकामा यो उनको दोश्रो सहभागिता हो। यसअघि उनले अमेरिकाका विभिन्न शहरमा भएका तीन प्रतियोगितामा प्रतिस्पर्धा गर्दै तीन स्वर्ण र तीन रजत पदक जितेका थिए।
भूपेन्द्रले जर्मनी, बेलायत (युके) र थाइल्यान्डमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेका छन्। साथै उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन्।
भूपेन्द्र अक्टोबर २३ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।


