Sunday, November 8, 2026
Homeसामाचारतीन मन्त्रीहरूले आगजनीबाट क्षतिग्रस्त संसद् भवनको अनुगमन गरे

तीन मन्त्रीहरूले आगजनीबाट क्षतिग्रस्त संसद् भवनको अनुगमन गरे

काठमाडौँ । गत भदौ २३ र २४ गते काठमाडौँसहित देशभर जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको मन्त्रीहरूले अनुगमन गरेका छन्।

बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेर अवलोकन गरेका हुन्।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रदर्शनकारीहरूले आन्दोलन गरेका थिए। सोही क्रममा संसद् भवनमा तोडफोडसहित आगजनी भएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका