काठमाडौँ । गत भदौ २३ र २४ गते काठमाडौँसहित देशभर जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको मन्त्रीहरूले अनुगमन गरेका छन्।
बुधबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले नयाँ बानेश्वरस्थित संसद् भवनमा पुगेर अवलोकन गरेका हुन्।
भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध प्रदर्शनकारीहरूले आन्दोलन गरेका थिए। सोही क्रममा संसद् भवनमा तोडफोडसहित आगजनी भएको थियो।


