Sunday, November 8, 2026
Homeसामाचारजेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा निधन भएकालाई सहिद घोषणा गरी राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

नवनियुक्त गृहमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै सो घोषणा गरेका हुन् । उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने र पीडित पक्षका माग सम्बोधन गरिने बताए ।

मन्त्री अर्यालले आन्दोलनका क्रममा गल्ती गर्नेहरूले आफ्नो गल्ती स्वीकार गर्नुपर्नेमा जोड दिँदै उद्दण्डता मच्चाउनेलाई नागरिक स्तरबाट प्रमाण जुटाएर कानुनअनुसार कारबाही गरिने चेतावनी दिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका