काठमाडौँ । जेनजीको प्रदर्शनका क्रममा निधन भएकालाई सहिद घोषणा गरी राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।
नवनियुक्त गृहमन्त्री तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै सो घोषणा गरेका हुन् । उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने र पीडित पक्षका माग सम्बोधन गरिने बताए ।
मन्त्री अर्यालले आन्दोलनका क्रममा गल्ती गर्नेहरूले आफ्नो गल्ती स्वीकार गर्नुपर्नेमा जोड दिँदै उद्दण्डता मच्चाउनेलाई नागरिक स्तरबाट प्रमाण जुटाएर कानुनअनुसार कारबाही गरिने चेतावनी दिए ।


