Tuesday, May 26, 2026
Homeसूचना प्रविधिपर्सामा क्षतिको आँकलन गरिँदै : नेपाल टेलिकमको तीन करोड बराबरको नोक्सानी

पर्सामा क्षतिको आँकलन गरिँदै : नेपाल टेलिकमको तीन करोड बराबरको नोक्सानी

वीरगञ्ज (पर्सा), ३० भदौ । गत हप्ताको आन्दोलनका क्रममा वीरगञ्जको घण्टाघरस्थित नेपाल टेलिकम कार्यालयमा तोडफोड र आगजनी हुँदा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

भदौ २४ गतेको आन्दोलनमा भीडले सबैभन्दा पहिले टेलिकमलाई निशाना बनाएको थियो । नेपाल टेलिकम वीरगञ्जका प्रमुख पङ्कज साहका अनुसार अराजक समूहले कम्प्युटर, प्रिन्टरलगायतका अन्य महत्वपूर्ण उपकरणमा करिब तीन करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

“प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकम कार्यालयमा आगजनी गरेका छन्,” उनले भने, “आगजनीबाट महसुल काउन्टरमा ठूलो क्षति पुगेको छ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको क्षतिको पारदर्शी मुचुल्का तयार पार्न निर्देशन दिएका छन् । “जेनजी समूहको आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति पुगेको छ,” उनले बताए, “क्षतिको विवरण तयार गर्दा पारदर्शिता र यथार्थपरक बनाउन श्रव्यदृश्य र व्यवस्थित ढङ्गले अभिलेख राख्न आग्रह गरिएको छ ।”

आन्दोलनका क्रममा वीरगञ्ज महानगरपालिका, आन्तरिक राजस्व कार्यालयलगायतका सरकारी निकायमा पनि ठूलो क्षति पुगेको जनाइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका