Tuesday, May 26, 2026
Homeसूचना प्रविधिसामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । विभिन्न सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेश गरेका हुन्।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आफूले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले रातोपाटीलाई जानकारी दिएका छन्। उनले भने, “मैले रिट निवेदन पेश गरेको छु। दर्ताको प्रक्रियामा छ।”

सरकारको उक्त निर्णयले संविधान प्रदत्त मौलिक हक कुण्ठित भएको रिट निवेदकको भनाइ छ। संविधानले विचार, अभिव्यक्तिका साथै सञ्चारको स्वतन्त्रता प्रदान गरेको भए पनि सरकारको निर्णयले जनताका ती संविधान प्रदत्त अधिकार कुण्ठित हुन पुगेको रिट निवेदनमा उल्लेख छ।

रिट निवेदक त्रिपाठीले कुनै पनि सामाजिक सञ्जालको प्रयोग र सञ्चालनमा बाधा नपुग्ने गरी विपक्षीहरूको नाममा प्रतिषेध आदेश माग गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका