Tuesday, September 1, 2026
Homeअन्तराष्ट्रिय‘संसारकै दयालु न्यायाधीश’ फ्रान्क क्याप्रियोको ८८ वर्षमा निधन

‘संसारकै दयालु न्यायाधीश’ फ्रान्क क्याप्रियोको ८८ वर्षमा निधन

वासिङ्टन। सहानुभूति र विनम्र व्यवहारका कारण इन्टरनेटमा चर्चित अमेरिकी न्यायाधीश फ्रान्क क्याप्रियोको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।

सेवानिवृत्त रोड आइल्यान्ड न्यायाधीश क्याप्रियोले २०२३ मा अवकास लिनुअघि करिब चार दशकसम्म बेन्चमा सेवा गरेका थिए। प्यानक्रिएटिक क्यान्सरसँग लामो संघर्षपछि मंगलबार परिवार र साथीहरूको बीचमा उनको निधन भएको उनका छोरा डेभिड क्याप्रियोले इन्स्टाग्राममार्फत पुष्टि गरेका छन्।

परिवारले जारी गरेको विज्ञप्तिमा क्याप्रियोलाई “गहिरो करुणा, नम्रता र मानवतामा अटुट विश्वासका कारण संसारभर प्रिय बनेका व्यक्ति तथा मानवताको उत्कृष्ट उदाहरण” भनेर वर्णन गरिएको छ।

उनको कोर्टरुम रियालिटी टिभी कार्यक्रम ‘क्याच इन प्रोभिडेन्स’ (२०००) मा ट्राफिक उल्लंघन र पार्किङ टिकटसँग जुधिरहेका व्यक्तिप्रति उनले देखाएको सहानुभूतिपूर्ण व्यवहारले उनलाई विशेष लोकप्रिय बनाएको थियो।
कार्यक्रमका क्लिपहरू भाइरल भई उनले लाखौँ सामाजिक सञ्जाल अनुयायी प्राप्त गरे। संघर्षरत परिवारहरूको जरिवाना खारेज गर्ने वा बालबालिकालाई सजाय निर्धारणमा सहभागी गराउने उनको शैली दर्शकहरूले रुचाएका थिए।

उनलाई धेरैले ‘संसारको सबैभन्दा दयालु न्यायाधीश’ भनेर सम्बोधन गरेका थिए। क्याप्रियोले आफ्नो जीवन अनुभवलाई आत्मकथा ‘Compassion in the Court: Life-Changing Stories from America’s Nicest Judge’ मा पनि उतारेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका