Saturday, October 17, 2026
Homeशिक्षाशिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी

शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी

काठमाडौं। शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकले शिक्षकका करिब ९५ प्रतिशत माग पूरा गरेको दाबी गरेका छन्।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विधेयकप्रति प्राप्त अधिकांश प्रतिक्रिया सकारात्मक रहेको बताए।

उनका अनुसार, “विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्तुष्टि राख्ने ठाउँ छैन। शिक्षक साथीहरुको ९५ प्रतिशत माग पूरा भएको छ। मन्त्रालय निरन्तर संवादमा छ।”

मन्त्री पन्तले बाँकी माग पूरा गर्न संविधान संशोधन आवश्यक पर्ने उल्लेख गर्दै केही संशोधन राष्ट्रिय सभामा समेत पेस गर्न सकिने संकेत दिए।

साथै उनले अहिलेको पाठ्यक्रम पुरानो भइसकेको भन्दै सम्पूर्ण पाठ्यक्रमको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका