Friday, July 31, 2026
Homeखेलकुदअस्ट्रेलियामा टप एन्ड टी–२० सिरिजमा नेपाल आज पहिलो खेलमा

अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिजमा नेपाल आज पहिलो खेलमा

काठमाडौं । बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। पहिलो प्रतिस्पर्धामा नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग सामना गर्नेछ।

खेल आज दिउँसो २ः१५ बजे सुरु हुनेछ। नेपाली टिममा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम सामेल छन्।

यो सिरिजमा कुल ११ टोलीको सहभागिता रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका