Friday, July 31, 2026
Homeखेलकुदटी–२० विश्वकप तयारी: नेपाली टोली भारतको बेङ्लुरुमा बन्द प्रशिक्षणमा जाँदै

टी–२० विश्वकप तयारी: नेपाली टोली भारतको बेङ्लुरुमा बन्द प्रशिक्षणमा जाँदै

काठमाडौँ। आगामी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको बेङ्लुरुमा बन्द प्रशिक्षणमा सहभागी हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार जुलाई २१ देखि अगष्ट ३ सम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा आयोजना हुने उक्त शिविरमा २० जना खेलाडी सहभागी हुनेछन्।

शिविर आयोजना भारतस्थित नेपाली दूतावासको समन्वय र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को सहयोगमा सम्भव भएको क्यानले जनाएको छ।

शिविरमा सहभागी हुने खेलाडीहरूमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रुपेशकुमार सिंह, विवेककुमार यादव, रिजन ढकाल, प्रतिश जिसी, नन्दन यादव, युवराज खत्री, साहब आलम, सन्दीप जोरा, सागर ढकाल, आकाश चन्द र शुभ कंसाकार छन्।

क्यानले अन्य सूचीबाहिर रहेका खेलाडीहरू भने नेपालमै नियमित प्रशिक्षणमा रहने जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका