Friday, July 31, 2026
Homeखेलकुद२ गोलले पछि परेको इङ्ग्ल्यान्डको नाटकीय जित, युरो सेमिफाइनलमा प्रवेश

२ गोलले पछि परेको इङ्ग्ल्यान्डको नाटकीय जित, युरो सेमिफाइनलमा प्रवेश

काठमाडौं — साविक विजेता इङ्ग्ल्यान्डले स्विडेनमाथि नाटकीय जित निकाल्दै युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा स्थान बनाएको छ।

स्विडेनसँग खेलमा २–० ले पछि परेको अवस्थामा इङ्ग्ल्यान्डले पुनरागमन गर्दै पेनाल्टी सुटआउटमा ३–२ को रोमाञ्चक जित हात पार्‍यो।

स्विडेनका लागि कप्तान कोसोभारे अस्लानीले दोस्रो मिनेटमा र फरवार्ड स्टिना ब्ल्याकस्टेनियसले २५औं मिनेटमा गोल गरेपछि उनीहरूले सुरुवाती अग्रता लिएका थिए। त्यसबेला इङ्ग्ल्यान्डले खासै अवसर सिर्जना गर्न सकेको थिएन।

तर दोस्रो हाफमा इङ्ग्ल्यान्डले खेलमा फर्कने प्रयास जारी राख्यो र पेनाल्टी सुटआउटमा खेलको निर्णय पुग्यो।

पेनाल्टीमा इङ्ग्ल्यान्डकी लुसी ब्रोन्जले सातौं प्रहारमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। स्विडेनकी स्मिल्ला होल्मबर्गको प्रहार बारमाथि लागेपछि खेल टुंगिएको थियो।

स्विडेनले सात पेनाल्टीमध्ये केवल दुई गोल गर्न सक्यो भने इङ्ग्ल्यान्डकी गोलकिपर हाना ह्याम्प्टनले दुई पेनाल्टी बचाइन्।

अब इङ्ग्ल्यान्डले फाइनल प्रवेशका लागि मंगलबार इटालीसँग सेमिफाइनल भिडन्त खेल्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका