Saturday, August 1, 2026
Homeखेलकुदनेपालको शानदार सुरुआत: यु–१६ इस्ट कपमा सिंगापुरलाई ६ विकेटले हरायो

नेपालको शानदार सुरुआत: यु–१६ इस्ट कपमा सिंगापुरलाई ६ विकेटले हरायो

काठमाडौं । नेपालले एसीसी यु–१६ इस्ट कप क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। आइतबार भएको खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा सशक्त शुरुआत गरेको हो। नेपाल यस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो।

पहिले ब्याटिङ गर्दै सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो। कप्तान रियान नायकले सर्वाधिक ५३ रनको योगदान दिए भने ओपनर आहान भुधानभामले ३८ रन बनाए।

नेपालका लागि कप्तान विपिन शर्माले सर्वाधिक ४ विकेट लिए। सचिन भट्टले ३ विकेट हात पारे भने शुभम खनाल र अभय यादवले समान १–१ विकेट लिए।

१३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। प्रसिद्ध जैसीले अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रनको योगदान दिए। सिंगापुरका युभान पाण्डेले १ विकेट लिए।

नेपालले यो जितसँगै प्रतियोगितामा बलियो सन्देश दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका