Sunday, July 5, 2026
Homeअन्तराष्ट्रिययुरोपमा चिनियाँ अटो ढुवानी सहज बनाउन बार्सिलोना बन्दरगाह स्तरोन्नति हुँदै

युरोपमा चिनियाँ अटो ढुवानी सहज बनाउन बार्सिलोना बन्दरगाह स्तरोन्नति हुँदै

जेन्सी: चिनियाँ विद्युतीय सवारी (ईभी)हरूको युरोपमा ढुवानीलाई व्यवस्थित गर्न स्पेनको बार्सिलोना बन्दरगाहलाई आधुनिक बनाउने तयारी तीव्र भइरहेको छ। पोर्ट अफ बार्सिलोना अन्तर्गतको नयाँ ईभी टर्मिनललाई अझ व्यवस्थित र उन्नत बनाउने काम जारी छ।

युरोपको प्रमुख बन्दरगाहमध्ये एक मानिने बार्सिलोना पोर्टले वार्षिक रूपमा लाखौं टन कार्गो ह्यान्डल गर्ने र लाखौं क्रूज यात्रुहरूलाई स्वागत गर्ने क्षमता राख्छ। सन् २०२७ भित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित बनाइँदै गरेको यो नयाँ टर्मिनलले बार्सिलोनालाई युरोपको एक प्रमुख अटोमोटिभ हबमा परिणत गर्ने अपेक्षा गरिएको छ।

अन्दाजी ७५ मिलियन अमेरिकी डलर लागतको यो स्तरोन्नतिको योजनाले समुद्री, रेल र सडकमार्गलाई जोड्नेछ, जसले विशेष गरी चिनियाँ कार निर्माताहरूलाई दक्षिणी र मध्य युरोपसँग सीधा सम्पर्क विस्तार गर्न मद्दत पुर्‍याउनेछ।

१० हजार सवारीसाधन अट्ने क्षमताको यो टर्मिनल पूरा भएपछि, सन् २०२८ सम्ममा बार्षिक करिब १ लाख ८० हजार कार आदानप्रदान हुने अनुमान छ। तीमध्ये अधिकांश चिनियाँ ईभी कम्पनीहरूले उपयोग गर्ने विश्वास गरिएको छ।

सन् २०२३ मा मात्र बार्सिलोना बन्दरगाहमार्फत झण्डै ८ लाख कारहरू आयात भएका थिए। अब नयाँ अत्याधुनिक टर्मिनलको निर्माण सम्पन्न भएपछि स्पेन तथा समग्र युरोपको हरित ऊर्जा रूपान्तरण (Green Transition) अभियानमा समेत उल्लेख्य योगदान पुग्ने आशा गरिएको छ। (स्रोत: सीसीटीभी प्लस)

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका