Monday, April 27, 2026
Homeअन्तराष्ट्रियजातीय भेदभाव मुद्दामा गुगल २८ मिलियन डलर क्षतिपूर्ति तिर्न सहमत

जातीय भेदभाव मुद्दामा गुगल २८ मिलियन डलर क्षतिपूर्ति तिर्न सहमत

काठमाडौं: गुगलले कर्मचारीहरू बीच जातीय भेदभावसँग सम्बन्धित मुद्दा समाधान गर्नका लागि २८ मिलियन डलर क्षतिपूर्ति तिर्न सहमति जनाएको छ।

वादीहरूले आरोप लगाएका थिए कि गुगलमा गोरा र एसियाली कामदारहरूको तुलनामा अन्य जातीय पृष्ठभूमिका कर्मचारीहरूलाई कम तलब दिइन्छ र उनीहरूलाई कम करियरका अवसरहरू प्राप्त हुने गर्दछन्।

गुगलले “सम्झौता” भएको पुष्टि गरेको छ, तर आफू विरुद्ध लगाइएका आरोपहरूलाई अस्वीकार गरेको छ।

यो मुद्दा २०२१ मा गुगलकी पूर्व कर्मचारी आना कान्टुले दायर गरेकी थिइन्। उनले हिस्पैनिक, ल्याटिनो, मूल अमेरिकी र अन्य जातीय पृष्ठभूमिका कर्मचारीहरूको तलब र पदमा भेदभाव गरिएको आरोप लगाएकी थिइन्। उनका अनुसार, यी कर्मचारीहरूलाई गोरा र एसियाली समकक्षीहरूको तुलनामा कम तलब र कम पदमा काम सुरु गराइएको थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार, यो मुद्दा २०१८ को फेब्रुअरी १५ र २०२४ को डिसेम्बर ३१ बीच गुगलले भर्ती गरेका कम्तीमा ६,६३२ कर्मचारीविरुद्ध दायर गरिएको थियो।

यस वर्षको सुरूवातमा, गुगलले धेरै अमेरिकी कम्पनीहरूसँग सामेल हुँदै आफ्ना विविधता, समानता र समावेशीकरण (डीइआइ) कार्यक्रमहरूमा गरेको प्रतिबद्धतामा पुनः विचार गरेको छ। मेटा, अमेजन, पेप्सी, म्याकडोनाल्ड र वालमार्ट जस्ता ठूला कम्पनीहरू पनि यसै प्रकारका कार्यक्रमहरूबाट पछि हटेका छन्।

यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगीहरूले डीइआइ नीतिहरूमा निरन्तर आक्रमण गरिरहेका समयमा आएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका