Monday, November 9, 2026
Homeसामाचारसौर्य विमान दुर्घटना: ज्यान गुमाएको शव आफन्तलाई जिम्मा लगाउन सुरु, बीमाको विवाद...

सौर्य विमान दुर्घटना: ज्यान गुमाएको शव आफन्तलाई जिम्मा लगाउन सुरु, बीमाको विवाद कायमै

काठमाडौँ: सौर्य एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आजदेखि आफन्तलाई जिम्मा लगाउन सुरु गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम सम्पन्न गरेसँगै केही आफन्तले शव बुझेका हुन् । तर केही आफन्तले बीमालगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान लिएका छन् ।

शुक्रबार अपराह्न सहचालकसहित चार जना मृतकका आफन्तले शव लिएर गएको र अन्यले नलिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । केही आफन्तले बीमाको विषय अन्योल रहेको भन्दै यसबारे टुंगो लाग्नुपर्ने र त्यसपछिमात्रै शव बुझ्ने बताएका छन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको थियो । सोही दिन उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका