Thursday, May 14, 2026
Homeसूचना प्रविधिमोबाइलको बढ्दो प्रयोगले आईटी दशकलाई सहयोग पुग्छः सचिव सुवेदी

मोबाइलको बढ्दो प्रयोगले आईटी दशकलाई सहयोग पुग्छः सचिव सुवेदी

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले मोबाइलको बढ्दो प्रयोगले सरकारले घोषणा गरेको आईटी दशकलाई सहयोग पुग्ने बताएका छन् ।

नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो स्थापना दिवसका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

“समाज डिजिटल युगमा प्रवेश गरेको छ, मोबाइलबिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेको छ, यसलाई सही प्रयोग गरेर देशको विकासमा अगाडि बढाउनुपर्छ”, उनले भने। प्रविधिको सही प्रयोग नगर्दा साइबर अपराधका घटनासमेत बढेकाले त्यसप्रति सचेत हुनुपर्ने उनको भनाइ थियो ।

नेपाल मोबाइल व्यवसायी महासङ्घका अध्यक्ष भरत भट्टराईले ‘सेकेण्ड ह्याण्ड’ मोबाइल बिक्रीमा सरकारको नीति प्रष्ट नहुँदा मोबाइल व्यवसायी मारमा परेकोे बताए ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका