Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Monday, August 3, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeखेलकुदआइसिसी टी–२० विश्वकप क्रिकेट : पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग पराजित

आइसिसी टी–२० विश्वकप क्रिकेट : पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग पराजित

Himalayan Tribune
By Himalayan Tribune
June 5, 2024
0
212
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काठमाडौँ: आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले जितका लागि नेदरल्यान्डससामु एक सय सात रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य नेदरल्यान्डसले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्डसका लागि म्याक्स ओडाउडले अविजित ५४ रन बनाए ।
    उनले ४८ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२, सेब्राण्ड एन्जेलब्रेचिटले १४ तथा बास डी लिडले अविजित ११ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनास बोहराले एक एक विकेट लिए ।
    यसअघि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालले १९ दशमलव दुई ओभरमा सवै विकेट गुमाएर एक सय ६ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन बनाए । उनले ३७ बल खेल्दै पाँच चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा १७ रन जोडे ।
    गुल्सन झाले १४ तथा अनिल साहले ११ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका टिम प्रिङगनल र लगन भान वीकले तीन तीन तथा बास डी लिड र मकेरेनले दुई दुई विकेट लिए। नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ २९ गते श्रीलङ्कासित अमेरिकाको फ्लोरिडामा खेल्नेछ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      खेलकुद

      विश्वकप लिग–२ : नेदरल्यान्डसँग ५७ रनले पराजित हुँदै नेपाल जितविहीन

      July 30, 2026
      खेलकुद

      विश्वकप च्याम्पियन स्पेन फेरि फिफा वरीयताको नम्बर एक, अर्जेन्टिना दोस्रोमा झर्‍यो

      July 21, 2026
      खेलकुद

      विश्वकप हारपछि भावुक बने मेस्सी, एएफएले भन्यो– ‘तपाईंका आँसु हाम्रा पनि हुन्’

      July 20, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      रोल्पामा ४.४ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा धक्का महसुस

      August 3, 2026

      आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२.९२ रुपैयाँमा बिक्री

      August 3, 2026

      राष्ट्रियसभाको बैठक आज, मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत हुने

      August 3, 2026

      देशभर मनसुन सक्रिय, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

      August 3, 2026

      भारी वर्षाको जोखिमपछि बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा राति सवारी सञ्चालन बन्द

      August 3, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      रोल्पामा ४.४ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा धक्का महसुस

      August 3, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune