Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Tuesday, June 16, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeशिक्षाबेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

Himalayan Tribune
By Himalayan Tribune
May 18, 2024
0
228
Share
Facebook
Twitter
Pinterest
WhatsApp

    म्याग्दी: म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन
    ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सीप सिकाउन थालिएको हो ।
    नगर प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । “माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “गत वर्ष वडाको एक वटा विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी बनेपछि यस वर्ष सबै सामुदायिक माविमा लागू गरेका छौं ।” हाउस वायरिङ, पलम्बिङ, कपाल काट्ने, अतिथि संस्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायतका सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक/एक लाखका दरले बजेट उपलब्ध गराएको छ । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गरिएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले जानकारी दिनुभयो ।

    बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागि हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको १६ वटा सामुदायिक विद्यालयका दुई हजार जनाभन्दा बढी विद्यार्थीहरु सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । विद्यालयमा प्रारम्भिक चरणको सीप सिकेका विद्यार्थीलाई अन्य तालिममार्फत क्षमता विकास गरिने नगर उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो । दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सिर्जना, स्वरोजगार बन्ने वातावरण बनाउने कार्यक्रम सहयोगी बन्ने नगर उपप्रमुख लामिछानेले बताउनुभयो । म्याग्दीमा पलम्बिङ, वायरिङ, कपाल काट्ने काम गर्ने स्थानीय जनशक्तिको अभाव छ ।

    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      शिक्षा

      चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत, निःशुल्क छात्रवृत्तिका लागि अनुदान वितरणको बाटो खुल्यो

      June 16, 2026
      शिक्षा

      आठ विश्वविद्यालयमा उपकुलपति बन्न आवेदन दिने यी उम्मेदवारको दरखास्त स्वीकृत (सूचीसहित)

      May 27, 2026
      शिक्षा

      काठमाडौं महानगरको छात्रवृत्तिमा २६ हजारभन्दा बढी विद्यार्थीको आवेदन

      May 26, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत, निःशुल्क छात्रवृत्तिका लागि अनुदान वितरणको बाटो खुल्यो

      June 16, 2026

      ‘कुमकुम भाग्य’की सञ्चिता उगलेले गरिन् आत्महत्या, परिवारले माग्यो न्याय

      June 16, 2026

      पासपोर्ट खरिद प्रकरणमा छानबिन तीव्र, राहदानी विभागका महानिर्देशक अख्तियारको हिरासतमा

      June 16, 2026

      मोरङको सुनचाँदी पसल ठगी प्रकरणमा थप ११ पीडितको उजुरी, करोडौँ रुपैयाँ हिनामिना भएको आरोप

      June 16, 2026

      चैते धानको समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह, किसानलाई उचित मूल्य दिलाउन जोड

      June 16, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत, निःशुल्क छात्रवृत्तिका लागि अनुदान वितरणको बाटो खुल्यो

      June 16, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune