Tuesday, May 26, 2026
Homeसूचना प्रविधिनयाँ प्रविधिले २० सेकेन्डमै मुटुको रोग पत्ता लाग्ने

नयाँ प्रविधिले २० सेकेन्डमै मुटुको रोग पत्ता लाग्ने

अमेरिकामा प्रत्येक वर्ष १२ लाखभन्दा बढी मानिस मुटुको बिरामी हुने भएकाले म्याग्नेटिक रेजोनेन्स (एमआरआई) गराउँछन् । एमआरआई गराउन अझै पनि  ४५ देखि ९० मिनेटसम्मको समय लाग्छ । तर, बेलायती वैज्ञानिकले यो समय कयौं गुणा कम गरिदिएका छन् । ब्रिटेन हर्ट फाउन्डेसनले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरेर एमआरआई मेसिनको ढाँचा तयार गरेका छन् । यसको सहयोगमा केवल २० सेकेन्डमै कुनै पनि किसिमको मुटुको रोग वा अवरोध पत्ता लगाउन सकिन्छ ।

विशेष के छ भने यो प्रविधिको माध्यमबाट सामान्य चेकअपको तुलनामा १३ मिनेट समय बच्ने छ , अर्थात् ४० गुणा तीव्र रुपमा मुटुको पुरा स्क्यान हुन सक्छ । हाल यो प्रविधिको प्रयोग लन्डन युनिभर्सिटीको अस्पतालमा गरिँदैछ । त्यहाँ प्रत्येक सातामा करिब १४० मुटुको बिरामीको जाँच भइरहेको छ । यो कार्यक्रमको नेतृत्व गरिरहेका डाक्टर रोड्री डेभिसले जटिल मुटुको संरचना सजिलै पत्ता लगाएर बिरामीको उपचार गरिन थालेको बताएका छन् ।

यो प्रविधिको माध्यमबाट डाक्टरको अपोइन्टमेन्टमा लाग्ने समय घट्नेछ । एआईको ९ फरक–फरक स्थितिबाट एमआआई स्क्यानको उपयोग गरेर यसको विकसित गरिएको डाक्टरले बताएका छन् । यसमा हृयघात, उच्च रक्तचाप, हाइपरट्राफक कार्डियोमायोप्याथी, मुटुको मांसपेशी कमजोर हुने विषय समावेश छन् ।

मोटोपनाका कारण हृयघातको खतरा उच्च
अमेरिकामा १ तिहाई भन्दा बढी वयस्क मोटोपनाको सिकार भएका छन् । यसैगरी दुई तिहाई मानिस अधिक वजन वा मोटा छन् । उनीहरुको बाडमास इन्डेक्स(बीएमआई) २५ भन्दा बढी छ । प्रत्येक ५ मा एक बच्चाको अवस्था यही छ । विशेषज्ञका अनुसार कुनैपनि वयष्कको शरीरमा बीएमआई ३० भन्दा बढी छ । यसको अर्थ उनीहरु मोटोपनाबाट पीडित छन् । एक स्वस्थ व्यक्तिको बीएमआई १८.५ देखि २४.९ को बीच हुन्छ ।  विशेषज्ञका अनुसार मोटोपनको शिकार भएको मानिसमा हृदयघातको खतरा उच्च हुन्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका