Friday, April 17, 2026
Homeअर्थ र ब्यापारसुनको मूल्य तोलाको ९९ हजार पुग्यो

सुनको मूल्य तोलाको ९९ हजार पुग्यो

काठमाडौं : नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ। बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ। आज प्रतितोला  १ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरकेको छ। अघिल्लो दिन एक हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

रुस र युक्रेनबीचको तनावको समाचारले सुनको भाउ समेत एक वर्ष यताकै उच्च विन्दुमा पुगेको जनाइएको छ। दुई देशबीचको तनावले एसियाली सेयर बजारमा समेत प्रभाव पारेको छ । बीबीसीका अनुसार, एसियाली सेयर बजार २ देखि ३ प्रतिशतसम्म घटेको छ । लगानीकर्ताहरु असुरक्षित महशुस गर्न थालेका छन् ।  अमेरिकी डलर र जापानी यान बलियो बन्दै गएको समेत समाचारमा बताइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका