Friday, July 17, 2026
Homeअर्थ र ब्यापारघट्यो शेयर बजार कारोबार?

घट्यो शेयर बजार कारोबार?

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा समान्य गिरावट भएको छ । आइतबार सुरुमा केही समय हरियो देखिए पनि अधिकांश समय राताम्य भएपनि सेयर बजारमा १०.८३ अंकको सामान्य गिरावट भएर २९२०.५१ अंकमा बन्द भएको छ ।

आइतबार नेप्से घटेपनि बजारमा ७ अर्ब ३ करोडको कारोबार भएको छ । कारोबार भएका १९१ कम्पनी मध्ये १३८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । ४६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७ कम्पनीको स्थिर रहेको छ । आज बजारमा जीवन तथा निर्जीवन बिमा, अन्य, उत्पादनमुलकर म्युचुअल फन्डबाहेक सबै उपसूचक गिरावट भए ।

आज बीमा, उत्पादन र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर ७३ अङ्कले, फाइनान्स समूहको शेयर ७२ अङ्कले, होटल समूहको ५२, व्यापारको ४६ र बैंकिङ समूहको शेयर साढे १६ अङ्कले घटेको छ ।

आज दुई सय ३२ वटा कम्पनीकाे एक करोड ४७ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ३२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज साम्लिङ पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र गुर्खाज फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्राेको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युत् कम्पनीको शेयर नौ दशमलव ७३ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका