Tuesday, May 26, 2026
Homeदेश र प्रदेशधनगढीमा १० कक्षाका विद्यार्थीले बनाए ‘विद्युतीय कार’

धनगढीमा १० कक्षाका विद्यार्थीले बनाए ‘विद्युतीय कार’

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले बनाएको विजुलीबाट चल्ने सवारी साधन सडकमा गुडाएका छन् । एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थीहरूले चार पाङ्ग्रे कार निर्माण गर्दै आइतबार धनगढीको सडकमा गुडाएर प्रदर्शन गरे ।

सारअल्फा नाम दिइएको उक्त विद्युतीय कार ऋषिकेश थापा, आदित्य जोशी, सक्षम रेग्मी र रोहित ऐरले कोरोना भाइरसको महामारीको दोस्रो लहरको समयमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएका बेला बनाएका थिए । करिब डेढ लाख रुपैयाँ खर्चमा बनाएको उक्त कार बनाउन चार महिना लागेको ऋषिकेश थापा बताउँछन् ।

‘खाली समयको सदुपयोग गरौं भन्ने उद्देश्यअनुसार हामी कार निर्माणमा जुट्यौं,’ थापाले भने, ‘घर परिवार र विद्यालयको सहयोगले सफल भएका छौं ।’

उक्त कारको लोड क्षमता सात क्वीन्टल रहेको छ । त्यसलाई अन्य गाडीहरू जस्तै बजारमा ल्याउने गरी काम गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका