Tuesday, April 21, 2026
Homeअपराध र घटनामहोत्तरीमा महिलाको शव भेटियो

महोत्तरीमा महिलाको शव भेटियो

१५ मंसिर, जनकपुरधाम। महोत्तरीमा एक जना महिलाको शव भेटिएको छ ।

जिल्लाको लोहारपट्टी नगरपालिका-६ लोहारपट्टी निवासी सुरेन्द्र मण्डलकी ३४ वर्षीया पत्नी रुबी मण्डल आफ्नो घर नजिकै मृत अवस्थामा भेटिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

मृत भेटिएकी उनको टाउकोमा चोट देखिएको उनले बताए । परिवारका अनुसार मंगलबार राति घरमा सुतिरहेकी उनलाई बाहिर बोलाएको र धारिलो हतियार टाउकोमा प्रहार गरेका थिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिने तयारी भइरहेको प्रहरी प्रवक्ता विष्टले बताए । उनले तत्कालै घट्ना सम्बन्धमा थप जानकारी आउन नसकेकोले थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका