Sunday, November 8, 2026
Homeसामाचारपूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ। शनिबार साँझ हृदयाघातका कारण उहाँको नर्भिक अस्पतालमा निधन भएको हो।

शर्माले निर्वाचनसम्बन्धी कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

उहाँको आज अन्त्येष्टि गरिने भएको छ। उहाँका दुई छोरीहरू छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका