Monday, July 27, 2026
Homeविचित्र संसार७० वर्षको अथक प्रयासपछि ८८ वर्षको उमेरमा नातिनीसँगै ग्रेजुुयट

७० वर्षको अथक प्रयासपछि ८८ वर्षको उमेरमा नातिनीसँगै ग्रेजुुयट

अमेरिकाको टेक्सास प्रान्तमा बस्ने एक पुरुषले ७० वर्षको अथक मिहिनेतपछि स्नातक तह (ग्रेजुयट) उपाधि प्राप्त गरेका छन् । उनीसँगै उनको नातिनी पनि ग्रेजुयट भएका छन् । पाको उमेरमा पढाइ गरेका कारण यी वृद्ध संसारभरीका सञ्चार माध्यममा शीर्षक बन्द सफल भएका छन् ।

उनको नाम रेने नेइरा हो, जो पछिल्लो ७० वर्षदेखि कलेजको डिग्रीका लागि प्रयासरत थिए । अन्ततः उनको मिहिनेतले सफलता प्राप्त गरेरै छोड्यो । उनी ८८ वर्षको उमेरमा ग्रेजुयट भएका हुन् । अर्को रोचक कुरा के छ भने उनीसँगै उनकी २३ वर्षीया नातिनीले पनि हजुरबुवा सँगै स्तानक तह पार गरेकी छिन् ।

हजुरबुवा र नातिनीको यो जोडीले एकैसाथ कलेजबाट डिग्री लिएपछि उनीहरुको खुसीको सीमा नै छैन । रेने अमेरिकाको टेक्सास प्रान्तको सान एन्टोनियामा बस्दै आएका छन् । पहिलो पटक उनी १९५० को दशकमा कलेज भर्ना भएका थिए । तर  सधैभरी उनको सपना भनेको आफ्नो शिक्षा पुरा गर्नु थियो ।

युनिभर्सिटी क्याम्पसमा रेने व्यापक लोकप्रिय

नातिनी मेलानिए सालजारले जब स्कूलको पढाइ पुरा गरिन् र कलेज डिग्रीका लागि प्रयास सुरु गरिन्, हजुरबुवा पनि नातिनीसँगै कलेज जानका लागि प्रेरित भए । उनले ४ वर्षका लागि युनिभर्सिटी अफ टेक्सासमा भर्ना लिए । युनिभर्सिटी क्याम्पसमा रेने व्यापक लोकप्रिय भए । उनी अन्य विद्यार्थीका लागि प्रेरणा र उत्साहको स्रोत बने । गत ११ डिसेम्बरमा दुबै ग्रेजुयट भए ।

मेलानियले जहाँ कम्युनिकेशको क्षेत्रमा ग्रेजुएसनको डिग्री हासिल गरिन् । सोही समयमा उनका हजुरबुवा रेनेले अर्थशास्त्रमा डिग्री पाए । यी दुई जब मञ्चमा आ–आफ्नो डिग्री लिन पुगे तब मेलानिए भावुक बनिन् ।

उनले भनिन्, ‘सबैजना शान्त थिए । मैले कुनै तालीको गडगडाहट वा प्रशंसा सुनिन । तर मलाई भनियो कि पुरै रंगशाला खुसी छ । मेरा हजुरबुवाले १९५० को दशकदेखिनै आफ्नो स्नातक डिग्रीका लागि प्रयास गर्दै आउनु भएको थियो र यो उहाँको जीवनको सपना र लक्ष्य थियो ।’

विवाहपछि पढाइलाई निरन्तरता दिन सकेनन्

नातिनी मेलानिएले भनिन्, ‘सन् १९५० को दशकमा मेरा हजुरबा र हजुरआमा माया गरेर बस्न थाले र विवाह गरे । यसपछि परिवार सुरु भयो र यसैकारण पढाइले निरन्तरता पाउन छोड्यो । यत्तिका वर्षमा रेनेले यताउता कक्षा लिएका थिए तर उनका लागि श्रीमानको जिम्मेवारी निभाउँदै पढाईमा ध्यान केन्द्रीत गर्नु मुश्किल थियो । उनका पाँच सन्तान छन् र स्थानीय बैंकमा काम गरिरहेका थिए ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका