Monday, May 25, 2026
Homeदेश र प्रदेश३ वटा चोरीको मोटरसाइकलसहित कोटेश्वरबाट एकजना पक्राउ

३ वटा चोरीको मोटरसाइकलसहित कोटेश्वरबाट एकजना पक्राउ

८ फागुन, काठमाडौं। महानगरीय प्रहरी परिसरले तीनवटा चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर स्थायी घर भई कोटेश्वर बस्‍दै आएका २१ वर्षीय पुल्कित ठकुरी रहरेका छन् ।

उनको साथबाट प्रहरीले बा ९२ प ३८ नं. को ३५० सीसीको बुलेट बाइक, १५० सीसीको नीलो रङको पल्सर मोटरसाइकल र कालो रङको एभेन्जर मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका