Monday, April 20, 2026
Homeकोरोना बिशेष३४ सय ५६ जना डिस्चार्ज हुँदा २४ सय ४२ संक्रमित थपिए, ५१...

३४ सय ५६ जना डिस्चार्ज हुँदा २४ सय ४२ संक्रमित थपिए, ५१ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१ दशमलव ३ प्रतिशतमा संक्रमण देखिएको हो। जसमध्ये सबैभन्दा बढी संक्रमण दर गण्डकी प्रदेशमा देखिएको छ। गण्डकीमा परीक्षण ७३७ जनामा ३२१मा संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा ३४ सय ५६ जना डिस्चार्ज भएका छन्। यस्तै आइतबार कोरोनाबाट थप ५१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। काठमाडौं उपत्यकामा ५४८ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये काठमाडौंमा ४५० ,ललितपुरमा ५३ र भक्तपुरमा २५ जना नयाँ संक्रमित थपिएका हुन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका