Saturday, November 7, 2026
Homeसामाचार१८ महिने तालिम पूरा गरी ९२ जना प्रहरी इन्स्पेक्टर दीक्षित

१८ महिने तालिम पूरा गरी ९२ जना प्रहरी इन्स्पेक्टर दीक्षित

काठमाडौँ । कठिन र लामो तालिम पूरा गरी नेपाल प्रहरीका ९२ जना इन्स्पेक्टर दीक्षित भएका छन्।

आइतबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहमा एआईजी शिद्धी विक्रम शाहले इन्स्पेक्टरहरूलाई शपथ गराएका हुन्। समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थिति रहेको थियो।

१८ महिना लामो आधारभूत तालिम पूरा गरेका इन्स्पेक्टर निराजन बस्नेत सर्वप्रथम हुन सफल भएका छन्। अलराउन्ड फस्ट भएका बस्नेतलाई प्रधानमन्त्री सुशीला कार्कीले पुरस्कार प्रदान गरिन्।

प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औँ समूहअन्तर्गत ९ महिला र ८३ पुरुष गरी कुल ९२ जना दीक्षित भएका हुन्। यस तालिममा मोहन सिंह बस्नेत सर्वद्वितीय र तारा बहादुर तामाङ सर्वतृतीय भएका छन्।

त्यस्तै, प्रहरी युक्ति कारबाहीतर्फ इन्स्पेक्टर दिनेश प्रसाद रिमाल, अध्ययनतर्फ नवीन शाही र चाँदमारीतर्फ श्रीमान चाईं प्रथम भएका छन्। उनीहरूलाई प्रधानमन्त्री कार्कीले प्रशंसापत्र प्रदान गरिन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका