Tuesday, April 21, 2026
Homeकोरोना बिशेष१२ हजार ४८४ नमूना परीक्षणमा २६ सय ७ जनामा कोरोना पुष्टि, ३९...

१२ हजार ४८४ नमूना परीक्षणमा २६ सय ७ जनामा कोरोना पुष्टि, ३९ को मृत्यु

काठमाडौं : पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ओरालो लागेसँगै मृत्यु दर पनि घटेको छ। पछिल्लो २४ घन्टामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार कोरोनाबाट ५२ जनाको मृत्यु भएको थियो।

यस्तै पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार ४८४ नमूनामध्ये २६ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। ७७ सय११ नमूनाको पीसीआर र ४७ सय ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार बिहीबार २१ सय ४१ जनाले कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका