Friday, September 4, 2026
Homeमुख्य समाचार१० दिनपछि सुरुङबाट जीवितै उद्धार भएका साह र महर्जनका परिवारमा खुसी

१० दिनपछि सुरुङबाट जीवितै उद्धार भएका साह र महर्जनका परिवारमा खुसी

काठमाडौं । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका कबिर महर्जन र सञ्जय शाहका परिवारले आफ्ना आफन्त सकुशल भेटिने भएपछि खुसी व्यक्त गरेका छन्।

सप्तरी निवासी सञ्जय शाहका बुबा रामसफल शाहले छोरालाई भेट्न आफू आतुर रहेको बताए। “छोरालाई कहिले देखूँ, कहिले भेटूँ भएको छ। अब काठमाडौं आउने प्रयासमा छु,” उनले भने।

रामसफलले छोराको अवस्थाबारे जानकारी नपाउँदासम्म आफू र श्रीमती बेहोसजस्तै भएको र गाउँसमाजसमेत चिन्तित बनेको बताए। सबैको आशीर्वाद र सहयोगका कारण आफूहरूलाई ठूलो राहत मिलेको उनको भनाइ छ।

यस्तै, कबिर महर्जनका भाइ अमिर महर्जनले दाइको जीवितै उद्धार भएको खबर सुन्दा अत्यन्तै खुसी लागेको बताए। “परिवारजनमा खुसीको सीमा नै छैन। यो खुसी शब्दमा बयान गर्न सकिँदैन,” उनले भने।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेका साह र महर्जनलाई करिब १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका