Tuesday, May 12, 2026
Home Blog Page 857

त्रिपालमुनि रात कटाउँदै आगलागी पीडित

0

कटारी (उदयपुर): उदयपुरको कटारी नगरपालिका-१०, थुम्की गाउँका दुईघर आगलागी पीडित परिवार तीन दिनदेखि त्रिपालमुनि रात कटाउँदै आएका छन् । सोमबार दिउँसो आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि ७४ वर्षीय गुमानसिंह थापा मगर र ७२ वर्षीय नारायणबहादुर थापा मगर परिवारको बिचल्ली भएको हो ।

आगलागीले घरविहीन भएपछि कटारी नगरपालिकाले मङ्गलबार त्रिपाल पठाएको थियो । “अहिले उहाँहरु त्यही त्रिपालमुनि रात कटाइरहनुभएको छ”, स्थानीय ककनी टोल विकास संस्थाका सचिव धर्म खनालले भन्नुभयो, “हावाहुरी आयो र पानी प-यो भने विचल्ली हुने अवस्था छ ।”

अर्का बेचन थापा मगरको भने मतान जलेको थियो । उहाँको मतानमा रहेको सरसामानसँगै १८ वटा खसीबाख्रा मरेका थिए । आगलागीबाट अन्नपात, नगद, भाँडाकुँडा, लत्ताकपडा गरी झण्डै रु ६५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले बताउनुभयो ।

आगलागीबाट ठूलो क्षति भएको र उनीहरुको अवस्था दयनीय भएको कटारी-१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकाले आगलागी पीडितलाई त्रिपालको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासीका अनुसार लत्ताकपडा र दैनिक उपभोग्य वस्तु विभिन्न संस्थाले सहयोग गरेका छन् । पीडित परिवारमा वृद्धवृद्धा भएकाले त्रिपालमुनिको बास कष्टप्रद बनेको छ ।

आगलागीमा परी घाइते हुनुभएका स्थानीय शङ्कर भुजेल उपचारपछि घर फर्किनुभएको छ । आगोले उहाँको आँखामा चोट लागेको थियो । घटनास्थल उदयपुरको पश्चिम-उत्तर भेगमा पर्छ ।

सहकारीका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको हो : नेता पौडेल

0

काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका विद्यार्थीले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताउनुभयो ।

“नेपालको अर्थतन्त्र सहकारीभित्रको अव्यवस्थितताले सुस्त भएको हो, नेपालको आर्थिक प्रणालीसँग जोडिएको विषयलाई कांग्रेसले संसद्मा सशक्त ढङ्गले उठाउन खोजेको हो, यो गृहमन्त्रीको विषयमात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो”, उहाँले भन्नुभयो ।

नेता पौडेलले विगतको समयमा जस्तो अहिले विद्यार्थी आन्दोलन सशक्त ढङ्गले अगाडि नबढेको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दा र जनजीविकासँग जोड्न आग्रह गर्नुभयो । “जुन सङ्गठनले आफ्नो सैद्धान्तिक मुद्दालाई स्पष्ट ढङ्गले प्रस्तुत गर्न सक्दैन, त्यो सङ्गठन सामाजिक सङ्गठन हुन सक्दैन”, नेता पौडेलले भन्नुभयो ।

नेविसङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका पौडेलले शैक्षिक मुद्दालाई नेविसङ्घले आफ्नो एजेण्डामार्फत सूत्रबद्ध गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।

नेवि सङ्घका केन्द्रीय सदस्य सन्तोष गुरुङले गण्डकी प्रदेशभित्र सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेविसङ्घका नेताहरु सुवास पौडेल, पुजन गन्धर्व, डा कला पन्त, सुदीप अधिकारी, सुवास घिमिरेलगायतले नेविसङ्घलाई विद्यार्थीको हक, हित र अधिकारमा प्रयोग गर्दै नयाँ ढङ्गले सङ्गठन अगाडि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
–––

दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्नुस् : गृहमन्त्री

0

जनकपुरधाम: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

नेपाल सरकार, गृह मन्त्रालय र मधेस प्रदेश, गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुरागर्दै गृहमन्त्री लामिछानेले वर्तमान सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने उल्लेख गर्दै सोहीअनुसार जनहितमा काम गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछानेले मधेश प्रदेशको सुरक्षा संवेदनशीलता, खुला सीमा, लागुऔषध दुव्र्यसनी, मिटरब्याज, विपद् व्यवस्थापनलगायतका समस्या समाधान गर्न समन्वयात्मक ढङ्गले काम गर्नेसमेत निर्देशन दिनुभयो । “मधेस प्रदेशका सुरक्षा संवेदनशीलता, यहाँका मूलभूत समस्या र चुनौतीको पहिचान गर्न यो गोष्ठीलाई महत्वपूर्ण ठानेको छु । अब प्रदेश तथा जिल्लास्तरीय सुरक्षा नेतृत्वले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर पहिचान भएका समस्या, लागुऔषध दुव्र्यसन नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, अनुमति नलिइकन सञ्चालन गरेका र एउटा उद्देश्य लिएर अर्को काम गरेका सङ्घ, संस्था वा व्यवसाय तत्काल बन्द गराउन निर्देशन दिएको छु”, उहाँले भन्नुभयो ।

मधेस प्रदेश धार्मिक पर्यटनका लागि महत्वपूर्ण स्थान भएकाले पर्यटन प्रवद्र्धनका लागि सहजीकरण, अनुचित लेनदेन (मिटरब्याज) समस्याको समाधानका लागि पीडितको पक्षमा काम गर्ने तर व्यवहारिक लेनदेन र वैधानिक कारोबारलाई समेत मिटरब्याजको रुपमा स्थापित गर्ने कार्य हुन, सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रण गर्न, कारागारलाई सुधारगृहको रूपमा विकास गर्न, विपद्का कारणले कुनै पनि नागरिकको ज्यान गुमाउन नपर्ने स्थिति सृजनाका लागि प्रभावकारी रुपमा काम गर्न समेत निर्देशन दिएको गृहमन्त्री लामिछानेले बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभित्र शान्ति सुरक्षाको अवस्थामा थप सुधार गर्न आवश्यक रहेको र त्यसका लागि सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग आवश्यक सहयोग तथा समन्वय गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेस प्रदेशलाई शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणका हिसाबले अब्बल प्रदेशको रुपमा विकास गर्नु आफूहरू क्रियाशील रहेको बताउनुभयो । गृहसचिव एकनारायण अर्यालले स्थानीय प्रशासनले सेवाप्रदायक मात्र नभएर कानुनबमोजिम काम भए नभएको नियमन गर्ने नियामकको भूमिकामा समेत प्रस्तुत हुनुपर्ने भन्दै सोहीअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा अर्थसचिव कृष्णहरि पुस्कर, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलगायत मधेस प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

आगलागीबाट दमकमा दुई करोडको क्षति

0

दमक (झापा): दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् । अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले डाइलिसिस मेसिन कामनलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताउनुभयो । दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले राससलाई बताउनुभयो ।

‘विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू’

0

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्र्ने चेतावनी मन्त्रालयले दिएको छ ।

नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित

0

टीकापुरमा विपद् व्यवस्थापन पूर्वतयारीको अनुगमन

0

टीकापुर (कैलाली): सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राविधिक टोलीले टीकापुर नगरपालिकाले विपद् व्यवस्थापनका निम्ति गरेका पूर्वतयारीको अनुगमन गरेको छ ।
उक्त मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय पञ्जीकरण विभाग, नेपाल रेडक्रस सोसाइटी र डेनिस रेडक्रसका प्रतिनिधि सहभागी भएको अनुगमन टोलीले विपद् व्यवस्थापनका क्रममा गरिएका असल अभ्यास, आउँदा दिनका पूर्वतयारी र प्रतिकार्यबारे अझ प्रभावकारी ढङ्गले काम गर्न सुझाव दिएको थियो ।

बाढीको जोखिमबाट बच्न तटबन्ध निर्माण र पूर्वसूचना दिएर क्षति कम गर्न सकिने, विपद् जोखिम न्यूनीकरणका लागि मौसम पूर्वानुमानसम्बन्धी सूचना तत्काल प्रवाह गर्ने, त्यसलाई स्थानीय तहमा रहेका सञ्जालमार्फत चाँडोभन्दा चाँडो सबैमा पुर्याउने, जल तथा मौसम विज्ञान विभागकाले दैनिक रूपमा अद्यावधिक गर्ने मौसमसम्बन्धी ‘बुलेटिन’ तथा अन्य सूचनामूलक सामग्रीका लागि विभागको वेबसाइट हेर्न सुझाएको थियो ।

नदीजन्य पदार्थको उत्खननबारे अध्ययन गर्न कार्यदल गठन

0

१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

0

काठमाडौँ उपत्यकाको आकाशबाट तुवाँलो नहट्ने

0