Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Tuesday, May 12, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeअर्थ र ब्यापारनवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित

नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित

Himalayan Tribune
By Himalayan Tribune
April 10, 2024
0
110
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    मध्यविन्दु (नवलपरासी): नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा सो उत्पादन भएको हो ।
    जिल्लामा गत वर्षदेखि तोरीखेतीतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा सुधार आएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार दुई सय ८३ मेट्रिक टन रहेको छ भने सर्सिउँ एक हजार छ सय ८८ मेट्रिक टन रहेको प्रमुख तिवारीले बताउनुभयो । “गत वर्ष जिल्लामा दुई हजार चार सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा दुई हजार नौ सय २० मेट्रिक टन तोरी उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “यसमध्ये तोरी एक हजार दुई सय ८५ मेट्रिक टन र सर्सिउँ एक हजार छ सय ३५ मेट्रिक टन रहेको छ ।”
    बर्दघाट सुस्तापूर्वमा गत आवर्ष २०७९/८० मा भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि बालीविज्ञ सञ्जय ढकालले बताउनुभयो । “दुई वर्षको तथ्याङ्कलाई हेर्दा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ”, उहाँले भन्नुभयो, “जिल्लामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ ।”
    अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने भएकाले जिल्लाका किसान तोरीखेतीमा आकर्षित भएको कृषि बालीविज्ञ ढकालले बताउनुभयो । “तोरी लगाउन पनि सजिलो भएकाले जिल्लामा तोरीखेती फस्टाएको हो”, उहाँले भन्नुभयो, “ किसानले उत्पादनको उचित मूल्य पनि पाएका छन् ।”नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा तोरीखेती हुँदै आएको छ ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      अर्थ र ब्यापार

      नेपाल राष्ट्र बैंकद्वारा सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

      May 11, 2026
      अर्थ र ब्यापार

      नेपाल राष्ट्र बैंकद्वारा आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

      May 10, 2026
      अर्थ र ब्यापार

      शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँ नजिक

      May 9, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      पर्सा निकुञ्जमा ‘वाइल्डलाइफ रेस्क्यु टिम’ गठन, घाइते वन्यजन्तुको उद्धारमा सहज

      May 12, 2026

      महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु अलपत्र

      May 12, 2026

      नेपालको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकारले नयाँ औद्योगिक र व्यापारिक नीति ल्याउने घोषणा

      May 11, 2026

      इरान–अमेरिका तनावले एसियाली बजार प्रभावित, इन्धन मूल्यमा वृद्धि

      May 11, 2026

      केदारनाथ तीर्थयात्रा सकेर फर्किएकी महिला रेलबाट हराएर ६ दिनपछि बिहारमा फेला, घटना रहस्यमय

      May 11, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      पर्सा निकुञ्जमा ‘वाइल्डलाइफ रेस्क्यु टिम’ गठन, घाइते वन्यजन्तुको उद्धारमा सहज

      May 12, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune