Friday, November 6, 2026
Homeसामाचारमहभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु अलपत्र

महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु अलपत्र

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक सोमबार बिहानदेखि अवरुद्ध भएको छ ।

ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ तथा जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

सडक बन्द भएपछि स्थानीयवासीसँगै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि यात्रा गरिरहेका पर्यटक र तीर्थयात्री प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सीनाका अनुसार सडक विभागका उपकरण परिचालन गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

महभिर क्षेत्रमा सडकभन्दा करिब ५०० मिटर माथिबाट पटक–पटक पहिरो खस्ने समस्या रहेको छ । सामान्य वर्षा हुँदा पनि लेदोसहितको पहिरो खस्ने गरेकाले सडक अवरुद्ध हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको स्थानीयले बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका