Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Tuesday, May 12, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeसामाचारनदीजन्य पदार्थको उत्खननबारे अध्ययन गर्न कार्यदल गठन

नदीजन्य पदार्थको उत्खननबारे अध्ययन गर्न कार्यदल गठन

Himalayan Tribune
By Himalayan Tribune
April 10, 2024
0
143
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन गर्न जिल्लास्तरीय कार्यदल गठन भएको छ । कार्यदलले जिल्लास्थित नदीजन्य र खानीजन्य उद्योगमा उत्खननदेखि बिक्रीसम्मका गतिविधिको सूक्ष्म अध्ययन गर्नेछ । जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको कार्यदलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल १५ नम्बर गणका अधिकृत, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला समन्वय समितिका अधिकृत सदस्य रहेको कार्यदलले एक महिना अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ ।
    समितिलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिसमक्ष प्रस्तुत गर्ने कार्यादेश दिइएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले राससलाई बताउनुभयो । नदीजन्य पदार्थको सङ्कलन, उत्खनन वा ढुवानीकर्ताले सङ्कलन वा उत्खनन गरिने स्थानको लम्बाइ, चौडाइ तथा गहिराइसहितको चारकिल्ला तोकिनुपर्ने, उत्खनन गर्ने अवधि,गुनासो सुन्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर उत्खनन वा सङ्कलनस्थलमा राख्ने व्यवस्था मिलाउने निर्णय जिल्लास्थित सरोकारवालाको बैठकले गरेको छ । यसैबीच, क्षमताभन्दा अधिक सामान बोक्ने टिपर र सामग्री लोड गर्ने क्रसर तथा खानी दुवैलाई कारबाही गरिने भएको छ ।
    बैठकले ‘ओभर लोड’ बोक्ने टिपरलाई प्रतिटिप रु २५ हजार जरिवाना निर्धारण गरेको छ । मङ्गलबार भक्तपुर र काभ्रेपलाञ्चोकको सीमानाका साँगामा ओभरलोड बोक्ने २६ टिपरलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार एक महिनाको अवधिमा ओभर लोड बोक्ने एक सय ४० टिपरलाई कारबाही गरिएको छ । हेलम्बु राजमार्ग, अरनिको राजमार्ग, बिपी राजमार्ग र सहायक मार्ग हुँदै काभ्रपलाञ्चोकबाट दैनिक दुई हजार पाँच सय टिपरबाट काठमाडौँ उपत्यकामा निर्माण सामग्री ढुवानी हुँदै आएको छ ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      सामाचार

      पर्सा निकुञ्जमा ‘वाइल्डलाइफ रेस्क्यु टिम’ गठन, घाइते वन्यजन्तुको उद्धारमा सहज

      May 12, 2026
      सामाचार

      महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु अलपत्र

      May 12, 2026
      सामाचार

      एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन अगष्टमा डब्लिनमा हुने

      May 11, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      पर्सा निकुञ्जमा ‘वाइल्डलाइफ रेस्क्यु टिम’ गठन, घाइते वन्यजन्तुको उद्धारमा सहज

      May 12, 2026

      महभिरमा पहिरो खस्दा बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु अलपत्र

      May 12, 2026

      नेपालको अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकारले नयाँ औद्योगिक र व्यापारिक नीति ल्याउने घोषणा

      May 11, 2026

      इरान–अमेरिका तनावले एसियाली बजार प्रभावित, इन्धन मूल्यमा वृद्धि

      May 11, 2026

      केदारनाथ तीर्थयात्रा सकेर फर्किएकी महिला रेलबाट हराएर ६ दिनपछि बिहारमा फेला, घटना रहस्यमय

      May 11, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      पर्सा निकुञ्जमा ‘वाइल्डलाइफ रेस्क्यु टिम’ गठन, घाइते वन्यजन्तुको उद्धारमा सहज

      May 12, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune