Thursday, June 25, 2026
Home Blog Page 547

गुन्यालफाँटाका दुई दर्जन बढी बादी परिवारका घरमा ताला

0

कञ्चनपुर: स्वदेशमै रोजगारीको अभाव भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटका बादी समुदायका धेरै परिवारले घरको ढोकामा ताला लगाएर भारततर्फ पलायन भएका छन्। वैकल्पिक रोजगारीका अवसर नपाएपछि बालबच्चासहित भारत जान बाध्य भएको उनीहरूले बताएका छन्।

परम्परागत पेसा–व्यवसाय विस्थापित भएपछि मजदुरी गर्दै आएका बादी समुदायले जब त्यो पनि गुमाए, तब उनीहरू भारतमा दरवान र कुल्लीको काम गर्न गए। बादी अगुवा पदम राना (बादी) का अनुसार कामको खोजीमा २० भन्दा बढी परिवार भारत गइसकेका छन्।

परम्परागत पेसाको अवसान

“हामी माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धूपदानी तथा मादल बनाउँदै आएका थियौँ,” पदम रानाले भन्नुभयो, “तर वन क्षेत्र संरक्षित भएपछि माटो ल्याउन पाइएन, प्लास्टिकका सामानको बढ्दो प्रयोगले परम्परागत पेसा गुम्न पुग्यो।”

परम्परागत पेसालाई बचाउन पुँजी अभाव मुख्य चुनौती बनेको उहाँले बताउनुभयो। “भारतीयहरू यस्तै सामग्री उत्पादन गरी राम्रो आम्दानी गरिरहेका छन्, तर हामीसँग पुँजी छैन। समाजमा माटोको कामलाई हेर्ने दृष्टिकोणसमेत नकारात्मक भएकाले पुरानो पेसा छोड्नुपर्‍यो,” दुरादेवी कुमालले बताउनुभयो।

मजदुरी पनि गुमेपछि विस्थापन

परम्परागत पेसा गुमेपछि खेतीपाती, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर गुजारा चलाउँदै आएका उनीहरूको आम्दानी कोरोनाका कारण ठप्प भयो। रोजगारी नपाएपछि बस्तीका युवाहरू भारततर्फ जान बाध्य भएको पदम बादीले बताउनुभयो।

“बस्तीमा बस्ने छ धुर जग्गा मात्र छ, घरहरू पनि जिर्ण भइसकेका छन्,” केशव कुमालले भन्नुभयो, “अब भारत नगई विकल्प छैन। यहाँ रोजगारी छैन, परिवार पाल्न कठिन छ।”

बादी समुदायलाई सरकारी सहयोगको खाँचो रहेको उहाँहरूको भनाइ छ। “अन्य पिछडिएको समुदायलाई जस्तै बच्चा जन्मेदेखि नै भत्ता दिने नीति बादी समुदायलाई पनि लागू हुनुपर्छ,” उहाँहरूले माग गर्नुभयो।

सरकारी सहयोगको अभाव
बादी समुदायका अगुवाहरूका अनुसार सीपमा आधारित रोजगारी सिर्जना गर्न सरकारले निब्र्याजमा ऋण उपलब्ध गराए कोही पनि विदेशिनुपर्ने थिएन। “संघीय लोकतन्त्र ल्याउन हाम्रो पनि योगदान छ, संविधानअनुसार गाँसबासको व्यवस्था गरिनुपर्छ, तर त्यो अझै पूरा भएको छैन,” पदम बादीले भन्नुभयो।

जातीय विभेद अन्त्य नभएको उल्लेख गर्दै उहाँले चिया पसलमा गएका बेला गिलास धुनुपर्ने अवस्था अझै रहेको बताउनुभयो। “चुनावका बेला नेताहरू आउँछन्, तर पछि कोही फर्केर बस्तीमा आउँदैनन्,” उहाँले भन्नुभयो।

आधारभूत सुविधाबाट वञ्चित

संघीय राजधानीमा आन्दोलन गर्दै सम्झौता गरे पनि कार्यान्वयन नहुँदा बादी समुदाय आधारभूत सेवासुविधाबाट पनि वञ्चित भएको छ। “एउटै घरमा तीन–तीन परिवार बस्न बाध्य छन्। कतिपय भारत गएर फर्कन्छन्, अनि उनीहरू नफर्कुन्जेल अर्को परिवार जान्छ,” अर्जुन बादीले बताउनुभयो।

बिरामी हुँदा उपचार गर्न पैसा नहुँदा रोग पालेर बस्नुपर्ने अवस्था रहेको उहाँको गुनासो छ। आर्थिक अभावले बालबालिकाको शिक्षामा असर परेको छ।

खानेपानीको समस्या

बस्तीमा रहेका ह्यान्डपम्पको पानीमा आर्सेनिक पाइएकाले स्थानीयहरू टाढाबाट पानी ल्याउन बाध्य छन्। तीन वर्षअघि सुरु भएको खानेपानी आयोजना अझै अपूरो छ।

गुन्यालफाँटका बादी बस्तीमा करिब ५० परिवार बसोबास गर्छन्, जसमध्ये २० भन्दा बढी परिवार रोजगारी खोज्दै भारत गइसकेका छन्।

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

0

काठमाडौँ: आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस भाषिक जागरूकता, सांस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनका विभिन्न कार्यक्रमसहित मनाइँदैछ। विविधतामा एकता र अन्तर्राष्ट्रिय समझदारीलाई प्रवर्द्धन गर्नु यस दिवसको मुख्य उद्देश्य हो।

सन् १९९९ को नोभेम्बरमा बङ्गलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले अनुमोदन गरेपछि यो दिवस मनाउन थालिएको हो। पछि सन् २००२ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यस दिवसलाई औपचारिक रूपमा घोषणा गर्‍यो।

यस वर्ष अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रजत जयन्ती अवसरमा पेरिसस्थित युनेस्कोको प्रधान कार्यालयमा ‘प्राविधिक संवाद, उच्चस्तरीय छलफल सत्र र सांस्कृतिक प्रदर्शन’ लगायत विविध कार्यक्रम आयोजना गरिंदैछ।

युनेस्कोका अनुसार, यो समारोह सबैका लागि गुणस्तरीय शिक्षा, समावेशी समाज निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण, दिगो विकासमा विज्ञान तथा प्रविधिको उपयोग, साथै बहुभाषिकता र बहुसांस्कृतिकताको प्रवर्द्धनमा केन्द्रित रहनेछ।

संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै

0

काठमाडौं: संघीय संसद्का तीन वटा समितिको बैठक आज सिंहदरबारस्थित कार्यालयमा बस्नेछ। संघीय संसद् सचिवालयका अनुसार उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११:३० बजे सुरु हुनेछ। उक्त बैठकमा माउन्ट एभरेस्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिकसम्बन्धी विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिसँग छलफल हुनेछ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:०० बजे बोलाइएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा मातहतका निकायहरूको अर्धवार्षिक पुँजीगत बजेट कार्य प्रगतिबारे समीक्षा गरिनेछ।

त्यसैगरी, दिउँसो १:०० बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक २०८० माथि दफावार छलफल हुनेछ।

देशका अधिकांश भागमा मौसम सफा रहने

0

काठमाडौँ: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। ती प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने भने अन्य स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुन सक्छ।

आगामी २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा कोशी, बागमती, गण्डकीसहित अन्य प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

अमेरिकाका ६ राज्यमा बाढी, १५ जनाको मृत्यु, केही क्षेत्रमा तापक्रम माइनस ६० डिग्री पुग्यो

0

काठमाडौं: अमेरिकाका छ राज्यहरू केन्टकी, जर्जिया, भर्जिनिया, वेस्ट भर्जिनिया, टेनेसी र इन्डियाना भीषण बाढीको चपेटामा परेका छन्। सबैभन्दा प्रभावित राज्य केन्टकीमा पछिल्लो छ दिनमा १२ जनाको मृत्यु भएको छ, जबकि वेस्ट भर्जिनियामा दुई र जर्जियामा एकजनाको ज्यान गएको छ।

ध्रुवीय भोर्टेक्सका कारण चिसो र बाढीको संकट

सीबीसी न्यूजका अनुसार अमेरिकाका यी राज्यहरूमा करिब ९ करोड मानिसहरू ध्रुवीय भोर्टेक्सका कारण कठोर चिसोको सामना गरिरहेका छन्। तापक्रम रेकर्ड स्तरमा झरेको छ, जसका कारण विद्यालयहरू बन्द भएका छन्, पाइपहरू फुटेका छन्, र हजारौं घर बिजुलीविहीन बनेका छन्। हालसम्म १४ हजारभन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ भने १७ हजारभन्दा बढी स्थानमा पानी आपूर्ति रोकिएको छ।

राष्ट्रिय मौसम सेवाका मौसमविद् एन्ड्रयु ओरिसनका अनुसार मध्य-पश्चिम अमेरिकाका केही क्षेत्रमा तापक्रम माइनस ५० देखि माइनस ६० डिग्री सेल्सियससम्म झरेको छ।

उद्धार कार्य जारी

वेस्ट भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसेले पानीको सतह निरन्तर बढ्दै जाँदा धेरै मानिसहरू बेपत्ता भएको बताएका छन्। उद्धार टोलीहरूले केन्टकी र आसपासका क्षेत्रमा १,००० भन्दा बढी उद्धार कार्य सम्पन्न गरिसकेको छ।

केन्टकीका केही भागमा पछिल्लो केही दिनमा ६ इन्च (१५ सेन्टिमिटर) वर्षा भएको छ, जसले गर्दा नदीहरूको पानीको सतह तीव्र रूपमा बढेको छ। सवारी साधनहरू पानीमा फस्दा यातायात प्रभावित भएको छ।

आगामी दिनहरूमा जोखिम अझै बढ्ने

राष्ट्रिय मौसम सेवाले केन्टकीका विभिन्न क्षेत्रहरूका लागि चेतावनी जारी गर्दै आगामी केही दिनमा नदीको पानीको सतह अझ बढ्ने अनुमान गरेको छ। साथै, प्रभावित क्षेत्रहरूमा तापक्रम थप घट्ने सम्भावना छ।

ध्रुवीय भोर्टेक्सका कारण आपतकालीन अवस्था

विज्ञहरूका अनुसार अमेरिकामा आएको यो बाढी र चिसोको मुख्य कारण ध्रुवीय भोर्टेक्सको अस्थिरता हो। ध्रुवीय भोर्टेक्स सामान्यत: उत्तरी ध्रुवको वरिपरि घुम्ने चक्रवातीय हावाको प्रवाह हो, तर जब यो दक्षिणतिर सर्दछ, यसले अमेरिका, युरोप, र एसियामा अत्यधिक चिसो तथा प्राकृतिक विपत्तिहरू निम्त्याउँछ।

अनुसन्धानहरूका अनुसार पछिल्ला वर्षहरूमा आर्कटिक क्षेत्र द्रुत गतिमा न्यानो हुँदै गएकाले ध्रुवीय भोर्टेक्स दक्षिणतर्फ सर्दै गएको छ, जसले गर्दा अमेरिका लगायतका क्षेत्रहरूमा चिसोको प्रभाव बढ्दै गएको छ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप: लेबनानलाई हराउँदै नेपाल फाइनलमा

0

काठमाडौँ: नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ। सावित्रा भण्डारी साम्बाको निर्णायक गोलसहित नेपालले लेबनानलाई १-० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

बिहीबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै अग्रता लिएको थियो। खेलको ४२औं मिनेटमा सावित्राले डिबक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी डिफेन्डरको खुट्टामा लाग्दै जाली चुमेको थियो।

यो जितसँगै नेपालले लिग चरणको अन्तिम खेल खेल्नुअघि नै फाइनलमा स्थान बनाएको हो। नेपालले अघिल्लो खेलमा किर्गिस्तानलाई पनि १-० गोल अन्तरले हराएको थियो। फाइनलमा नेपालसँगै म्यानमार पुगेको छ, जसले लेबनानलाई ३-१ र किर्गिस्तानलाई ५-० गोल अन्तरले पराजित गरेको थियो। अब नेपालले आइतबार म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि बुधबार फाइनल खेल्नेछ।

नेपालका लागि खेलको नवौं मिनेटमै चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो। लेबनानकी क्रिस्टी महालुफको प्रहारलाई नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले उत्कृष्ट बचाउ गर्दै क्रसबारमाथि पञ्च गरिन्।

नेपालले खेलभरि केही थप अवसरहरू खेर फाल्यो। १२औं मिनेटमा लेबनानकी लैला डिबक्सभित्रबाट गोल गर्न असफल भइन्। ३०औं मिनेटमा नेपालकी गोलकिपर एन्जिलाले लैलासँग वान भर्सेस वानको अवस्थालाई सफलतापूर्वक सम्हालिन्।

पहिलो हाफको इन्जुरी समयमा साम्बाले नेपालको अग्रता दोब्बर पार्ने अवसर गुमाइन्, जब उनको प्रहार लेबनानकी गोलकिपरको खुट्टामा लागेर फर्कियो। दोस्रो हाफमा ५९औं मिनेटमा साम्बाको पासमा सविताले प्रहार गरे पनि बल पोष्टमाथि गयो।

खेलको इन्जुरी समयमा लेबनानले बराबरी गर्ने सुनौलो मौका पाएको थियो। जाहवा अरबीको प्रहार क्रसबारमा लाग्दा नेपालको संकट टर्यो, र अन्ततः नेपाल फाइनलमा प्रवेश गर्न सफल भयो।

हमासद्वारा ९ महिने बच्चासहित चार बन्दीको शव इजरायललाई फिर्ता

0

तेल अभिभ । हमासले बिहीबार गाजामा बन्दी बनाइएका चार जनाको शव इजरायललाई फिर्ता गरेको छ। सन् २०२३ को अक्टोबरयता हमासले बन्धकको शव फिर्ता गरेको यो पहिलो पटक हो।

रिहा गरिएका शवमा ३२ वर्षीया सिरिस बिबास र उनका दुई नाबालक छोराहरू—४ वर्षीय अरियल र ९ महिने किदोन को शव रहेका छन्। यी सबैलाई १६ महिनाअघि हमासले दक्षिण इजरायलको किबुत्ज निर ओजस्थित घरबाट अपहरण गरेको थियो।

चौथो शव ८३ वर्षीय ओदेद लिफ्शित्ज को हो, जसलाई हमासका लडाकुहरूले अपहरण गरेका थिए। हमासले ओदेद र उनकी पत्नी योचेभ्ड लिफ्शित्जलाई किबुत्ज निर ओजबाट अपहरण गरेर लगेको थियो। तर योचेभ्डलाई अक्टोबर २४, २०२३ मा नै रिहा गरिएको थियो।

हमासले शवहरूलाई गाजाको दक्षिणी सहर युनिस खानमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै चार वटा कालो कफिन रेड क्रसलाई हस्तान्तरण गरेको थियो। रेड क्रसमार्फत कफिनहरू गाजाभित्र रहेको इजरायली सेनाको नियन्त्रणमा पुगेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्।

इजरायली सेनाले शवहरूलाई औपचारिक पहिचान र फरेन्सिक परीक्षणका लागि तेल अभिभस्थित अबु काबिर इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिन मा लगिने जनाएको छ।

हाल गाजामा अझै १०० भन्दा बढी इजरायली बन्धकहरू रहेको अनुमान छ, जसमा केही मृत भइसकेको विश्वास गरिन्छ। बन्धकहरूको सुरक्षित रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ।

राप्रपाद्वारा भण्डाफोर सभा गर्ने घोषणा

0

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने घोषणा गरेको छ। बिहीबार पार्टीका महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै भ्रष्टाचार, विकृति–विसंगतिविरुद्ध तथा हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा सभा आयोजना गरिने जानकारी दिएका छन्।

महामन्त्री गुरुङका अनुसार सभा निम्न मितिहरूमा विभिन्न प्रदेशमा आयोजना हुनेछ:

गण्डकी प्रदेश – फागुन ९, पोखरा
लुम्बिनी प्रदेश – फागुन १७, बुटवल
सुदूरपश्चिम प्रदेश – फागुन १८, धनगढी
मधेस प्रदेश – फागुन २१, जनकपुर
बागमती प्रदेश – फागुन २५, काठमाडौं
कर्णाली प्रदेश – फागुन २७, सुर्खेत
राप्रपाले यी सभाहरूबाट भ्रष्टाचार र अन्यायको भण्डाफोर गर्दै हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि जनसमर्थन जुटाउने उद्देश्य राखेको जनाएको छ।

अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो

0

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

भारतीय रूपैयाँ
भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ, जबकि बिक्री दर १६०.१५ पैसा तोकिएको छ।

प्रमुख मुद्राहरूको विनिमय दर
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर स्थिर रहेको छ।

अमेरिकी डलर:
खरिद दर: १३८ रूपैयाँ ८३ पैसा
बिक्री दर: १३९ रूपैयाँ ४३ पैसा
युरोपियन युरोको मूल्य भने ५२ पैसाले घटेको छ।

युरोपियन युरो:

खरिद दर: १४४ रूपैयाँ ७५ पैसा
बिक्री दर: १४५ रूपैयाँ ३८ पैसा
बेलायती पाउण्ड स्टर्लिङ:

खरिद दर: १७४ रूपैयाँ ७४ पैसा
बिक्री दर: १७५ रूपैयाँ ४९ पैसा
अष्ट्रेलियन डलर:

खरिद दर: ८८ रूपैयाँ १२ पैसा
बिक्री दर: ८८ रूपैयाँ ५० पैसा
क्यानेडियन डलर:

खरिद दर: ९७ रूपैयाँ ७३ पैसा
बिक्री दर: ९८ रूपैयाँ १५ पैसा
एशियाली मुद्राहरूको विनिमय दर
जापानी येन (१०):

खरिद दर: ९ रूपैयाँ १४ पैसा
बिक्री दर: ९ रूपैयाँ १८ पैसा
चिनियाँ युआन (१):

खरिद दर: १९ रूपैयाँ ०५ पैसा
बिक्री दर: १९ रूपैयाँ १४ पैसा
दक्षिण कोरियाली वन (१००):

खरिद दर: ९ रूपैयाँ ६३ पैसा
बिक्री दर: ९ रूपैयाँ ६७ पैसा
मध्यपूर्वी मुद्राहरूको विनिमय दर
कतारी रियाल (१):

खरिद दर: ३८ रूपैयाँ ०९ पैसा
बिक्री दर: ३८ रूपैयाँ २५ पैसा
साउदी अरेबियन रियाल (१):

खरिद दर: ३७ रूपैयाँ ०२ पैसा
बिक्री दर: ३७ रूपैयाँ १८ पैसा
युएई दिराम (१):

खरिद दर: ३७ रूपैयाँ ८० पैसा
बिक्री दर: ३७ रूपैयाँ ९६ पैसा
मलेसियन रिंगिट (१):

खरिद दर: ३१ रूपैयाँ २६ पैसा
बिक्री दर: ३१ रूपैयाँ ३९ पैसा
कुवेती दिनार (१):

खरिद दर: ४४९ रूपैयाँ ५१ पैसा
बिक्री दर: ४५१ रूपैयाँ ४५ पैसा
बहराइन दिनार (१):

खरिद दर: ३६८ रूपैयाँ ३७ पैसा
बिक्री दर: ३६९ रूपैयाँ ९६ पैसा
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर दैनिक रूपमा परिवर्तन हुने भएकाले अद्यावधिक जानकारीको लागि राष्ट्र बैंकको आधिकारिक स्रोत हेर्न सकिनेछ।

एमबाप्पेको ह्यट्रिकले रियललाई अन्तिम १६ मा पुर्यायो

0

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस महारथी रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई समग्रमा ६-३ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।

पहिलो लेगमा ३-२ ले विजयी भएको सिटीलाई रियलले बुधबार राति भएको दोस्रो लेगमा ३-१ गोलले पराजित गर्‍यो।

घरेलु मैदानमा रियलको जितका नायक केलियन एमबाप्पे बने, जसले ह्याट्रिक गर्दै ४औं, ३३औं, र ६१औं मिनेटमा गोल गरे। म्यानचेस्टर सिटीका लागि निको गोन्जालेजले ९०+२ मिनेटमा गरेको गोल सन्त्वनामै सीमित रह्यो।

सन् २०१२-१३ को सिजनपछि म्यानचेस्टर सिटी पहिलो पटक यति चाँडै च्याम्पियन्स लिगबाट बाहिरिएको हो। त्यस बेला सिटी समूह चरणबाटै बाहिरिएको थियो।

अन्य खेलहरू
युभेन्टस पनि प्रतियोगिताबाट बाहिरिएको छ। पिएसभीले समग्रमा ४-३ ले जित निकाल्दै युभेन्टसलाई हरायो। पहिलो लेगमा २-१ ले पराजित भएको पिएसभीले दोस्रो लेगमा ३-१ को शानदार जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्‍यो।
पेरिस सेन्ट जर्मेन (पिएसजी) समग्रमा १०-० को फराकिलो जितसहित अन्तिम १६ मा पुगेको छ। पहिलो लेगमा ३-० ले विजयी भएको पिएसजीले दोस्रो लेगमा ब्रेस्टलाई ७-० गोलले पराजित गर्‍यो।
बोरुसिया डर्टमन्ड पनि अन्तिम १६ मा पुगेको छ। पहिलो लेगमा ३-० को जित हात पारेको डर्टमन्डले बुधबार राति स्पोर्टिङ सिपीसँग गोलरहित बराबरी खेलेर समग्रमा ३-० को जित हासिल गर्‍यो।