Saturday, June 27, 2026
Home Blog Page 517

बंगलादेशमा सत्ता कब्जाको दाबी सेनाद्वारा अस्वीकार

0

काठमाडौं: बंगलादेश सेनाले देशमा सैन्य ‘कू’ भएको भन्ने रिपोर्टहरूलाई आधारहीन हल्ला भन्दै खारेज गरेको छ। मंगलबार, सेनाले एक औपचारिक विज्ञप्ति जारी गर्दै सेना भित्र कुनै अस्थिरता नभएको र नियमित बैठकहरू चलिरहेको स्पष्ट पारेको छ।

केही मिडिया संस्थाहरूले सेनाको बैठकलाई ‘कू’ को तयारी जस्तो चित्रण गरेपछि सेनाले यस्तो स्पष्टीकरण दिएको हो।

सरकारी प्रतिक्रिया: ‘आधारहीन हल्ला मात्र’
बंगलादेशका प्रेस सचिव शफिकुल आलमले यी रिपोर्टहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै ‘यस्तो केही हुन लागेको छैन’ भनेका छन्। उनले थपे, ‘हामी अहिले डिसेम्बरमा हुने चुनावको तयारीमा केन्द्रित छौं।’

उनका अनुसार, बंगलादेशको अन्तरिम सरकार सबै राजनीतिक दलहरूसँग संवाद गरिरहेको छ र उनीहरूको सुझावअनुसार स्वतन्त्र तथा निष्पक्ष चुनाव गराउने प्रतिबद्धता जनाएको छ।

‘कू’ को कुनै संकेत छैन
बंगलादेशको राजनीतिक मामिलामा निगरानी राख्ने एक स्रोतले देशमा ‘कू’ को कुनै संकेत नरहेको बताएको छ। हालसम्म सेनाले कुनै असामान्य गतिविधि देखाएको छैन, न त सरकारलाई विस्थापित गर्ने कुनै योजना बनाएको छ।

सरकारले जनतालाई यस्ता हल्लामा नपर्न आग्रह गर्दै देशमा शान्ति, स्थिरता र लोकतान्त्रिक प्रक्रियाहरूलाई कायम राख्ने प्रतिबद्धता दोहोर्याएको छ।

ट्रम्पले भारतमाथि पनि २५ प्रतिशत अतिरिक्त कर लगाए

0

काठमाडौं: अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा २५% अतिरिक्त कर लगाउने घोषणा गरेका छन्। ट्रम्पका अनुसार, यो कर अप्रिल २ देखि लागू हुनेछ, जसको उद्देश्य भेनेजुएलालाई आर्थिक रूपमा दण्डित गर्नु हो।

अमेरिकामा आपराधिक गिरोहको संलग्नताको आरोप
ट्रम्पले भेनेजुएला सरकारलाई अपराधीहरूलाई अमेरिका पठाएको आरोप लगाउँदै भने, ‘भेनेजुएलाले जानाजानी अपराधी र हिंसात्मक गिरोहका सदस्यहरूलाई अमेरिका पठाउँछ, जसमा आतंकवादी संगठन “ट्रेन डे अरागुआ” पनि समावेश छ। हामी यी अपराधीहरूलाई फिर्ता पठाउनेछौं।’

भारतको ऊर्जा रणनीतिमा असर पर्ने संकेत
यो निर्णयले भारतको ऊर्जा रणनीतिलाई गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ। भारतीय तेल रिफाइनरीहरूले हालै भेनेजुएलाबाट तेल खरिद गर्न थालेका थिए।

सन् २०२४ मा भारतले भेनेजुएलाबाट २ करोड २० लाख ब्यारेल तेल आयात गरेको थियो, जुन भारतको कुल तेल आयातको १.५% मात्र थियो। जुलाई २०२४ मा अमेरिकाले रिलायन्सलाई भेनेजुएलाबाट तेल आयात गर्न अनुमति दिएको भए पनि नयाँ कर नीतिले भारतीय तेल कम्पनीहरूको लागत वृद्धि गर्ने र आपूर्तिमा अस्थिरता ल्याउने सम्भावना छ।

विश्वव्यापी ऊर्जा बजारमा प्रभाव
ट्रम्पको घोषणासँगै विश्व ऊर्जा बजारमा अनिश्चितता बढेको छ। यदि भेनेजुएलाबाट तेल आयात महँगो भयो भने भारत जस्ता देशहरूले अन्य आपूर्तिकर्ताहरू खोज्नुपर्ने बाध्यता हुन सक्छ। यसले तेलको मूल्यमा उतारचढाव ल्याउने र विश्वव्यापी व्यापार सम्बन्धलाई प्रभावित पार्ने सम्भावना छ।

दक्षिण कोरियामा आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

0

काठमाडौं: दक्षिण कोरियामा लागेको भीषण जंगल डढेलो मा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने १९ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार, मृतकमध्ये अधिकांश ६० र ७० वर्ष उमेर समूहका थिए। डढेलोको खतरा बढ्दै गएपछि २३,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

प्राचीन बौद्ध मन्दिरमा क्षति
आगोको तीव्र फैलावटका कारण उइसोङ जिल्लाको प्राचीन बौद्ध मन्दिर ‘गौंसा’ मा आगलागी भएको छ। करिब १,००० वर्ष पुरानो यो मन्दिर सिल्ला राजवंशको समयमा निर्माण गरिएको थियो।

मन्दिरबाहेक, कोरियाली राष्ट्रिय सम्पदा मानिएको जोसेन राजवंश (१३९२-१९१०) को बौद्ध वास्तुकला संरचना समेत आगलागीका कारण पूर्ण रूपमा नष्ट भएको छ। अधिकारीहरूले मन्दिरका भिक्षुहरू र अन्य उपस्थित व्यक्तिहरूलाई समयमै सुरक्षित स्थानमा सारिएको पुष्टि गरेका छन्।

सतर्कता स्तर उच्चतम बिन्दुमा
वन डढेलो व्यापक रूपमा फैलिएको कारणले गर्दा कोरिया सम्पदा सेवाले आफ्नो विपद् सतर्कताको स्तरलाई ‘गम्भीर’ बनाएको छ। यो पहिलो पटक हो जब सतर्कताको स्तर उच्चतम तहमा पुर्‍याइएको छ, जसले संकटको गम्भीरता देखाउँछ।

सरकार र उद्धारकर्मीहरूले डढेलो नियन्त्रण गर्न वायुसेना हेलिकप्टर, अग्नि नियन्त्रण टोलीहरू र स्थानीय अधिकारीहरूलाई सक्रिय रूपमा परिचालन गरिरहेका छन्। हालसम्म आगलागी नियन्त्रणबाहिर रहेको बताइएको छ, जसले थप क्षति हुने सम्भावना बढाएको छ।

अमेरिकाले पाकिस्तानका सेना प्रमुख मुनीरमाथि प्रतिबन्ध लगाउन सक्ने

0

काठमाडौं । पाकिस्तानी सेना प्रमुखमाथि अमेरिकी प्रतिबन्धको सम्भावना
अमेरिकाले पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीर सहित उच्च सैन्य अधिकारीहरूलाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। यसका लागि अमेरिकी संसदमा विशेष विधेयक पेश गरिएको छ, जसले पाकिस्तानमा राजनीतिक विपक्षीहरूको दमन विशेषगरी पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारी र मानव अधिकार उल्लंघन मा संलग्न सैन्य नेतृत्वलाई जवाफदेही बनाउने उद्देश्य राखेको छ।

यो विधेयक अमेरिकी कांग्रेसमा रिपब्लिकन सांसद जो विल्सन र डेमोक्र्याटिक सांसद जिमी पनेटा द्वारा पेश गरिएको हो। यसले ग्लोबल म्याग्निट्स्की मानव अधिकार जवाफदेहिता ऐन अन्तर्गत पाकिस्तानी सैन्य अधिकारीहरूमाथि आर्थिक तथा यात्रा प्रतिबन्ध लगाउने सिफारिस गर्दछ।

प्रतिबन्ध लागेमा के हुन्छ?
यदि यो विधेयक पारित भयो भने, जनरल असीम मुनीर सहित अन्य उच्च सैन्य अधिकारीहरूको सम्पत्ति जफत हुन सक्छ। साथै, उनीहरूलाई अमेरिकी भिसा नदिने र अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने प्रावधानसमेत विधेयकमा समावेश छ।

यस प्रस्तावलाई डेमोक्र्याटिक सांसद रो खन्ना, इल्हान ओमार र रिपब्लिकन सांसद ज्याक बर्गम्यान लगायतका १० सांसदहरूले समर्थन गरिसकेका छन्।

विधेयकमा एउटा विशेष समय सीमा तोकिएको छ—यदि पारित भयो भने, अमेरिकाले १८० दिन भित्र पाकिस्तानी सैन्य नेतृत्वमाथि प्रतिबन्ध लगाउनुपर्नेछ। यस अवधिमा अमेरिकी प्रशासनले राजनीतिक दमनमा संलग्न पाकिस्तानी अधिकारीहरूको पहिचान गर्नेछ र उनीहरूलाई आवश्यक कानुनी कारबाहीको दायरामा ल्याइनेछ।

पाकिस्तानमाथि प्रतिबन्ध फुकुवा हुन सक्ने सर्त
विधेयकमा एउटा महत्वपूर्ण शर्त राखिएको छ—यदि पाकिस्तानको सेनाले राजनीतिक मामिलामा हस्तक्षेप घटायो भने, विगतमा लगाइएका केही प्रतिबन्धहरू फुकुवा गर्न सकिने प्रावधान राखिएको छ।

यो विधेयक पारित भएमा, अमेरिका–पाकिस्तान सम्बन्धमा गम्भीर असर पार्ने अनुमान गरिएको छ। पाकिस्तानको सेनाले लामो समयदेखि देशको राजनीतिमा प्रत्यक्ष नियन्त्रण राख्दै आएको छ, जसको अन्तर्राष्ट्रिय आलोचना हुँदै आएको छ।

कुलमान र हितेन्द्र दुवै पुगे सर्वोच्च

0

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति विवाद फेरि सर्वोच्च अदालतसम्म पुगेको छ।

नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्व-निर्देशक कुलमान घिसिङ दुबै जनाले आफूलाई अन्यायपूर्ण रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

शाक्यले यसअघि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए। २०७८ भदौ १ मा उनले हालेको रिट चार वर्षसम्म टुंगो नलागेको भन्दै उनले आज पुनः अर्को रिट दायर गरेका छन्।

त्यस्तै, कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन्। उनले मन्त्रिपरिषद्को निर्णय बदर गर्दै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) मा पुनर्स्थापना गर्न माग गरेका छन्। उनका अनुसार सरकारले बदनियतका साथ पटक–पटक स्पष्टीकरण सोधेर गलत तरिकाले आफूलाई हटाएको छ।

घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशकलाई विपक्षी बनाएर अधिवक्ता लोकमणि पोखरेल मार्फत रिट पेस गरेका हुन्। उनले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरी तत्काल पुनर्स्थापना गर्ने अन्तरिम आदेशसमेत माग गरेका छन्।

सरकारले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत घिसिङलाई पदमुक्त गरेको थियो, जसपछि यो विवाद अदालतसम्म पुगेको हो।

स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

0

काठमाडौँ: स्वीट्जरल्याण्डको जेनेभामा नेपालको पर्यटन प्रवर्द्धन गर्दै स्वीस नागरिकलाई नेपाल भ्रमणको निम्तो दिइएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घका लागि नेपाल स्थायी मिसन, जेनेभाको सहकार्यमा आयोजित ‘नेपाल नाइट’ कार्यक्रम मार्फत स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणका लागि आह्वान गरिएको हो।

सोमबार जेनेभामा सम्पन्न नेपाल नाइटको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटनका अवसर र नेपाली आतिथ्य संस्कृतिको विशेषता प्रस्तुत गर्दै स्वीस पर्यटकलाई नेपाल भ्रमण गर्न निमन्त्रणा जनाउनुभएको छ।

सचिव सिंहले नेपाल र स्वीट्जरल्याण्ड बीचको कूटनीतिक सम्बन्धको इतिहासको चर्चा गर्दै, यी दुई देशका भौगोलिक समानताहरू र स्वीट्जरल्याण्डले नेपालको पूर्वाधार, प्रविधि र पर्यटन प्रवर्द्धनमा गरेको योगदानको स्मरण गराउनुभयो। उहाँले प्रसिद्ध स्वीस भूगर्भविद् र अन्वेषक डा. टोनी ह्यागेनको नेपाललाई विश्वसामु चिनाउन गरेको योगदानको प्रशंसा पनि गर्नुभयो।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको पर्यटकीय विविधता, रमणीय भू-दृश्य र पर्यटनका नयाँ पहलहरूको विस्तृत प्रस्तुति दिनुभयो। पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले नेपालमा थप स्वीस पर्यटक र लगानीकर्तालाई स्वागत गर्न नेपाल पूर्णरूपमा तयार रहेको जानकारी दिनुभएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ ।

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ २७ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रूपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १२ पैसा र बिक्रीदर नौ रूपैयाँ १६ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८६ पैसा र बिक्रीदर १८ रूपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रूपैयाँ कायम भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३४ पैसा र बिक्रीदर नौ रूपैयाँ ३८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८६ पैसा र बिक्रीदर १९ रूपैयाँ ९५ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २६ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

हिमाल आरोहण अनुमति सुरु, नेपालसहित २४ देशका आरोहीले अनुमति लिए

0

काठमाडौँ: यस वर्षको वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन प्रक्रिया सुरु गरिएको छ। पर्यटन विभागका अनुसार अन्नपूर्ण-१ सहित विभिन्न हिमाल चुलीहरूको आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कुल ५८ जनाले अनुमति पाएका छन्।

हालसम्म नेपालसहित २४ देशका आरोहीहरूले हिमाल आरोहणका लागि अनुमति लिएका छन्। विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति प्रक्रिया सुरु भएको जानकारी दिनुहुन्छ। उहाँले भने, “सगरमाथा आरोहणका लागि अनुमति छिट्टै दिइनेछ। सगरमाथा क्षेत्रको आरोहणमा चहलपहल बढेको छ।”

सगरमाथा आरोहणको व्यवस्थापन तयारीका लागि आरोहण गराउने कम्पनीहरू जुटेका छन्। विभागका अनुसार सगरमाथा आधार शिविरमा स्नो होराइजन्स, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सपेडिशन, हिमालयन गाइड्स, एसियन ट्रेकिङ लगायत कम्पनीहरूले शिविर व्यवस्थापन र अन्य कामहरूको जिम्मा सम्हालेका छन्।

वसन्त ऋतु सगरमाथा र अन्य हिमालहरूको आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यस याममा सगरमाथा आरोहणको लागि धेरै विदेशी आरोही आउने अपेक्षा गरिएको छ। वसन्त यामको सगरमाथा आरोहणका लागि मार्ग निर्माण कार्यका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले ‘आइसफाल डाक्टर’ पठाएको छ। एसपीसीसीले सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको मार्ग निर्माणका लागि १० जनाको टोली खटाएको हो।

त्यसै गरी, सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने काम (रोप फिक्सिङ) का लागि दक्ष आरोहीहरू खटिएका छन्। पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय शेर्पा टोलीलाई सगरमाथाको चुचुरो सम्म डोरी टाँग्नका लागि पठाएको छ। सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वसन्त ऋतुको सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोही केही दिन अघि सगरमाथा गएका छन्। सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापन जिम्मेवारी एट्के एक्सपेडिसन कम्पनीले पाएको छ।

नेपाली फिल्म ‘अञ्जिला’ हरेक खेलाडीको कथा

0

काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’मा देखाइएको संघर्ष हरेक खेलाडीको जीवनीसँग मेल खाने बताएका छन्। मङ्गलवार, ललितपुरको लाविम मलस्थित एक चलचित्र भवनमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ हेरेपछि अध्यक्ष नेम्वाङ्गले उक्त चलचित्रले खेलमा भविष्य बनाउने इच्छुकलाई प्रेरणा दिने बताएका छन्।

उहाँले भन्नुभयो, “चलचित्रमा देखाइएको पात्रले हाम्रो सबै खेलाडीको प्रतिनिधित्व गर्छ। कप्तान सुब्बाको जस्तो संघर्ष गरेर धेरै खेलाडीले सफलता प्राप्त गरेका छन्। यहाँ हामीले आफ्नो बच्चा पनि ल्याएका छौँ, किनकि यो चलचित्रले उनीहरूलाई लक्ष्य प्राप्तिका लागि मेहनत गर्न प्रेरणा दिन्छ। यो हरेक खेलाडीले हेर्नु पर्ने चलचित्र हो।”

अध्यक्ष नेम्वाङ्गले खेलाडीका विषयमा चलचित्र बन्नुलाई प्रशंसा गर्दै निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सलाई धन्यवाद दिएका छन्। कप्तान सुब्बाका धर्मपिता पनि रहेका निर्माता प्रेमकुमार श्रेष्ठले चलचित्रको सफलताले भविष्यमा खेलाडीका विषयमा अरू चलचित्र बनाउन अन्य निर्माताहरूसमेतलाई उत्साहित गर्ने बताए।

उहाँले भन्नुभयो, “नेपालमा खेलाडीका विषयमा बनेका चलचित्रहरू व्यावसायिक सफलतामा सफल हुन सकेका छैनन्, जसकारण अन्य निर्माताले लगानी गर्न सकिरहेका थिएनन्। यद्यपि, ‘अञ्जिला’को सफलताले उनीहरूलाई हौसला दिएको छ। मैले कप्तान सुब्बालाई लिएर देखेको सपना अब चाँडै पूरा हुनेछ।”

चलचित्रका निर्देशक मिलन चाम्सले भने, “अब आउने समयमा खेलाडी वा खेलका विषयमा चलचित्र बन्नेछन्। मैले केही चलचित्रको छलफल पनि सुनेको छु। यो खेलप्रेमीका लागि सुखद समाचार हो।”

कार्यक्रममा एन्फाका महासचिव किरण राई, पूर्व कप्तान हरि खड्का, विराज महर्जन, खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा, महिला फुटबल सङ्घका केन्द्रीय सदस्य पेमा लामा र विना श्रेष्ठ, तथा राष्ट्रिय महिला फुटबल टिमको म्यानेजर विन्द्रा देवानलगायतका विशिष्ट व्यक्तिहरू उपस्थित थिए। नेपालमा यो चलचित्र गत फागुन २९ देखि प्रदर्शनमा आएको हो।

आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात

0

भद्रपुर (झापा): चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थको आयातमा रु ६४ करोड १७ लाख ५९ हजारले कमी आएको छ। गत वर्षको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात गरिएको थियो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्वमा वृद्धि भएको जानकारी दिएका छन्।

चालु आर्थिक वर्षको आठ महिनामा पेट्रोलियम पदार्थको आयातबाट रु ६ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो। गत वर्षको आठ महिनामा रु ५ अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो।