Friday, July 3, 2026
Homeसामाचारहेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

बागमती: हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको छेउमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बगाएपछि सडक सञ्चालनमा अवरोध भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जानकारी दिनुभयो। उहाँका अनुसार सडक खुलाउने प्रयास जारी छ।

कान्तिलोकपथ मार्ग अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौँ आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका