Saturday, November 7, 2026
Homeसामाचारहेटौँडा उपमहानगरमा सडक सीमा भित्रका अवैध संरचना हटाउन अभियान सुरु

हेटौँडा उपमहानगरमा सडक सीमा भित्रका अवैध संरचना हटाउन अभियान सुरु

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गज भित्र बनेका स्थायी तथा अस्थायी संरचना हटाउने अभियान आजदेखि सुरु गरिएको छ। शुक्रबार सकिएको १५ दिनको अल्टिमेटमपछि बिहान ५ बजेबाट डोजर परिचालन गरी घरटहरा हटाउन थालिएको हो।

सडक विस्तारमा ५ सय सुरक्षाकर्मी र १० भन्दा बढी डोजर परिचालन गरिएको छ भने अहिलेसम्म १५ भन्दा बढी घर भत्काइएको छ। पूर्वमुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेलको मेन रोड सिमा चोकमा रहेको पेन्टागन टावरमा पनि डोजर चलेको छ।

सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा ७५–७५ फिट विस्तार गर्ने तयारी गरेको छ।

सडक डिभिजनले सर्वोच्च अदालतको आदेश अनुसार मङ्सिर ५ गते तोकिएको अल्टिमेटममा संरचना नभत्काए आफैं भत्काउने जानकारी दिएको थियो।

सडक डिभिजन कार्यालयका अनुसार बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रभित्र ५३१ वटा संरचना हटाउनुपर्ने छ। यसमध्ये सडकको केन्द्रबिन्दुबाट दायाँतर्फ २३४ र बायाँतर्फ २९७ वटा संरचना भत्काउने तयारी भइरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका